२०८० आश्विन ५, शुक्रबार
कावासोती । निषेधाज्ञाको उल्लघंन गर्दै अनावश्यक रुपमा सवारी चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने कामलाई बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले अनावश्यक रुपमा सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिई ‘होल्ड’ मा राख्ने गरेको प्रहरी उपरिक्षक प्रकाश मल्लले बताउनुभयो ।
नवलपुरका बिभिन्न स्थानमा खटिएका प्रहरी टोलीले अत्यावश्यक काम बाहेक सवारी चलाएर हिडनेहरुको सवारी नियन्त्रणमा लिएर दिनभर ‘होल्ड ’ गर्ने गरेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।
कोभिडको संक्रमण बढदै गएको हुदा जिल्लामा निषेधाज्ञा जारी रहेको छ । तर निषेधाज्ञाको समयमा समेत अनावश्यक रुपमा सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिने गरिएको छ ।
प्रहरीले २३ गते मात्रै २ सय ६५ वटा सवारी होल्ड गरेको थियो । अनावश्यक रुपमा हिडडुल गर्ने १ हजार चार सय १२ जना व्यक्तिलाई सम्झाई बुझाई गरिएको छ । निषेधाज्ञाको समयमा पसल खोल्ने ६ सय ७५ वटा पसल बन्द गराईको र सोही दिन १ हजार १२ वटा सवारी चेकजाँच समेत गरिएको थियो । २४ गते समेत यस्तै संख्यामा होल्ड देखी चेकजाँच गरिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।
निषेधाज्ञाको समयमा यो काम नियमित रुपमा हुने प्रहरीले जनाएको छ । कोभिडको संक्रमण बढीरहदा समेत नागरिक स्वयम आफैले लापरवाही गरि अनावश्यक हिडडुल गर्नु थप जोखिम बढाउनु हो । यो समय सूरक्षित रुपमा रहने समय भएकाले निषेधाज्ञाको पालना गरि अत्यावश्यक काम बाहेक बाहिर ननिष्किन प्रहरीले अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |