२०८० आश्विन ११, बिहिबार
कावासोती । कोभिड १९ को दोश्रो लहरका कारण लामो समय देखी रक्तदान कार्यक्रम नहुदा कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीद्धारा संचालनमा रहेको रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापती वेदप्रसाद न्यौपानेले बताउनुभयो ।
कोभिडका कारण रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले नरहेको र पुनारो मौज्दात रगत समेत सकिएकाले अहिले रगतको अभाव भएको सभापती न्यौपानेले बताउनुभयो । रगतको अभाव हुदा रगत आवश्यक पर्ने विरामीलाई समस्या शिर्जना भएको छ । रगतको माग धेरै रहेको र आपूर्ती सोही अनुपातमा नहुदा समस्या शिर्जना भएको सभापती न्यौपानेले बताउनुभयो ।
अहिले रगतको माग हुदा व्यक्तिगत रुपमा रक्तदाताहरुलाई सम्पर्क गरि व्यवस्थापन गर्ने गरिएको उहाँले बताउनुभयो । तर यसरी व्यवस्थापन गर्न केही समय लाग्ने हुँदा आपत्कालीन अवस्थामा कसैलाई रगत आवश्यक परे पुर्याउन कठिन हुने गरेको सभापती न्यौपानेले बताउनुभयो ।
रगतको अभाव भएपछी अहिले व्यक्तिगत रुपमा रगत दान गर्न आवहान गरिएको उहाँले बताउनुभयो । ‘रगत संकलनकालागि रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले छैन’ न्यौपानेले भन्नुभयो–त्यसैले व्यक्तिगत रुपमा आएर रगत दान गर्ने भनेका छौं ।
अहिले केही व्यक्तिहरुले आफै रक्त सञ्चार केन्द्रमा आएर रक्तदान गर्ने गरेको उहाँले बताउनुभयो । रक्तदान गर्न कावासोती फलफुल चोक स्थित कार्यालय आउन चाहनेकालागि सूरक्षाकर्मीसंग समेत समन्वय गरिएकोले कुनै अपठ्यारो नपर्ने उहाँले बताउनुभयो ।रक्तदाताहरुले रगत दिन चाहेमा ९८५७०२७४६७ र रक्त सञ्चार केन्द्रको फोन नम्बर ९८४०९६८६७८ सम्पर्क गरे समूहमा नभई एक÷एक जना आउने सक्ने र आफुहरुले समन्वय गर्ने उहाँले बताउनुभयो । उहाँले स्वास्थ्यका आवश्यक मापदण्ड पालन गरि आउन सकिने बताउनुभयो । कोभिडको दोश्रो खोप लगाएको १५ दिन भित्र रक्तदान गर्न नसकिने , ज्वरो आएको , रक्तचाँप उच्च वा कम भएका, दिर्घ औषधी सेवन गर्ने विरामी, मधुमेहका विरामी , झाडापखाला लागेका विरामी, महिलाहरुमा महिनावारी भएको समय बाहेक स्वस्थ १८ वर्ष देखी ६० उमेर समूहका व्यक्तले रक्तदान गर्ने सक्ने सभापती न्यौपानेले बताउनुभयो ।
रक्तसञ्चार केन्द्रमा समेत पूर्ण रुपमा स्वास्थ्यको मापदण्ड पालना गरि , दैनिक रुपमा सेनिटाइज गर्ने गरिएको सभापती न्यौपानेले बताउनुभयो ।
कावासोतीको रक्त सञ्चार केन्द्रमा संकलन भएको रगत ,नवलपुरका अस्पताल देखी चितवनका अस्पतालका रगत आवश्यक पर्ने विरामीहरुलाई उपलब्ध गराउने गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |