२०८० आश्विन १४, आईतबार
कावासोती । कावासोती नगरपालिकाले नगरपालिकाभित्र सञ्चालन हुँदै आएका साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेपनि यहाँका व्यवसायीले अटेर गरेका छन् ।
नरपालिकाको विपद व्यवस्थापन समितीको यहि वैशाख १७ गते वैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने निर्णय गरेको थियो । तर नगरपालिकाको उक्त निर्णयको व्यववास्ता गर्दै कावासोती २ स्थीत हाटबजार आज सञ्चालन गरिएको छ । हाट बजारमा बढि भिडभाड हँुदा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले हाट बजार बन्द गर्ने निर्णय गरेको हो । तर हाट बजार सञ्चालन गर्दै आएका व्यवासयीहरुले भने अन्य पसल व्यवसाय , कार्यालय बित्तीय संस्था सञ्चालन भएको तथा भिडभाड हुने गरेकाले आफुहरुले पनि हाट बजारमा व्यवसाय सञ्चालन गरेको प्रतिकृया दिएका छन् ।
नगरपालिकाले यस अघि वैशाख १२ गते पनि एक हप्तालाई हाट बजार बन्द गर्ने निर्णय गरेको थियो । त्यो समयमा समेत यहाँका हाट बजार सञ्चालन भएका थिए । जिल्ला प्रशाशन कार्यालयले समेत कोभिड – १९ संक्रमणको महामारी नियन्त्रणमा भूमिका निभाउन आग्रह गर्दै आईरहेको छ । जोखिमलाई ख्याल राखेर सबै नागरिकले स्वास्थ्य सर्तकता अप्नाउने र भिडभाड नगर्न आग्रह गरिरहँदा समेत यहाँका कतिपय नागरिक तथा व्यवसायीहरुले अटेर गर्दै आएका छन् । प्रजिअ मनमाया पंगेनीले महामारीको जोखिम बढ्ने कुनै पनि कृयाकलाप नगर्न आम जिल्लाबासीमा आग्रह गर्नुभएको छ । महामारीको अन्त्यका लागि सबै एकजुट भएर पहल गर्न सके मात्रै सम्भव हुने भएकाले स्वास्थ्य सर्तकता र प्रशाशनको निर्णय कार्यान्वयन गर्न उहाँले बसैमा अनुरोध गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |