२०८० आश्विन १४, आईतबार
रूपन्देही । नेकपाका एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएपछि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका छन्।
गठबन्धन दल माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट ४२ सांसदको बहुमत भएको भन्दै केसीले मुख्यमन्त्री घोषणा गरेका हुन्। उनी चार दलको प्रस्तावित मुख्यमन्त्री रहेका छन् ।
प्रदेश प्रमुख कार्यालय अगाडि धर्नामा बसेका गठबन्धनका तर्फबाट बोल्दै प्रदेश प्रमुखले असंवैधानिक काम गरेको नेता केसीको टिप्पणी छ।
३७ जना सांसद रहेको एमालेका मुख्यमन्त्री नियुक्ति गरे शपथ ग्रहण गररेर दुर्घना निम्त्याइएको छ’, केसीले भने ।
उनले मुख्यमन्त्री आफू नै भएको बताउँदै कर्मचारीलाई पनि त्यहीअनुसार काम गर्न निर्देशन दिएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पनि बहुमतको मुख्यमन्त्रीलाई शपथ नखुवाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।
प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को १ अनुसार बहुमत दलका रुपमा एमालेका तर्फबाट मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका थिए। यो लगत्तै प्रदेश कार्यालय घेराउ गर्दै तीन दलले शपथ रोक्न माग गरेपनि मुख्यमन्त्री पोखरेलले कडा सुरक्षा घेरामा शपथ लिएकाछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |