२०८० आश्विन १२, शुक्रबार
कावासोती । जिल्ला प्रशाशन कार्यालय पूर्वी नवलपारसीमा आज बसेको नीजि क्षेत्रका स्वास्थ्य संस्था , नेपाल औषधी व्यवसायी संघ , एम्बुलेन्स सञ्चालक संस्थाका प्रतिनिधिहरुको संयुक्त वैठकले एकिकृत एम्बुलेन्स सञ्चालनका लागि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष बाबुराम कंडेललाई एकिकृत परिचालनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मनमया पंगनीको अध्यक्षमा बसेको वैठकले कोेभिड–१९ संक्रमण्को समयमा दीर्घरोगका बिरामीहरु मधुमेह , मुुटु रोग , उच्च रक्तचाप आदी ० मा प्रयोग हुने औषधीहरु नियमित आपूर्ती , सहज पहुँच र सेवाका लागि एनसीडिएले सहयाग गर्ने निर्णय गरिएको छ ।
यस्तै नयाँ भेरियन्ट सहितको हाल फैलिरहेको कोभिड – १९ रोकथाम र नियन्त्रणको लागि आवश्यकता परेको नीजि अस्पताल र क्लिनिकहरुले पनि ओपिडी सेवा बन्द गरि कोभिड – १९ को उपचारमा ऐक्यवद्धता जनाउने निर्णय गरिएको प्रजिअ पंगेनीले बताउनुभयो ।
मध्यविन्दु जिल्ला अस्पतालमा कोभिड – १९ को पिसीआर स्याम्पल संकलनमा ल्याबकर्मी व्यवस्थापनमा नीजि अस्पताल , पोलिक्लिनिक , क्लिनिक संञ्चालनको तर्फबाट एक्जना ल्याबकर्मीको व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरिएको छ । भने , कोभिड – १९ को आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मीको अभाव भएको अवस्थामा नीजि क्षेत्रबाट स्वास्थ्यकर्मीको व्यवस्था गरि आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |