२०८० आश्विन १४, आईतबार
कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको सेवा ४ दिनका लागि बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोराना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले जानकारी दिनुभयो । सम्भावित संक्रमणको जोखमिलाई न्यूनीकरण गर्नका लागि कार्यलयबाट हुँदै आएको स्वास्थ्य लगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उपाध्यक्ष मल्लले बताउनुभयो । बैशाख १६ देखि १९ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।
गाउँपालिकाका अन्य वडाहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अप्नाएर जारी राखिने जनाईएको छ ।
साथै गाउँपालिकाले संक्रमणबाट जोगिन स्वास्थ्य सर्तकता अप्नाउन सबैमा आग्रह गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |