२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरका स्थानीय तहहरुले कोभिडको जोखिम बढ्न सक्ने भन्दै सर्तकता बढाएका छन् । कोभिडको संक्रमण फैलन बाट जोगाउन यहाँका स्थानीय तहहरुले शैक्षिक संस्था बन्द देखी भिडभाडहुने कार्यमा रोक लगाउने निर्णय गरेका छन् । स्थानीय तहहरुले आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्न समेत अनुरोध गरेका छन् । स्थानीय तहका विपद व्यवस्थापन समिति, कार्यपालिकाको बैठक बसी आवश्यक सावधानी अपनाउन स्थानीय तहले अनुरोध गरेका छन् ।
जिल्लाको बौदीकाली गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को निर्णय नहुदा सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले शैक्षिक संस्था सहित मेला, महोत्सव, ,हाटबजार, तथा मठ मन्दिर लगाएतका धार्मिक स्थानमा जमघट हनुे गरि कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरिएको बौदीकालि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनुभयो ।
सार्वजनिक कार्यालयहरु जनस्वास्थ्यका मापदण्ड पालना गरि संचालन गर्ने , बिवाह,ब्रतबन्ध जस्ता कार्यहरु आवश्यक स्वास्थ्य मापदण्डको पालना गरि गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
यस्तै सार्वजनिक ठाउँमा हिडडुल गर्दा अनिवार्य रुपमा मास्ककाे प्रयोग गर्न , भौतिक दुरी कायम गर्न, बेला बेलामा साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले भारत बाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त , टोल विकास संस्थाहरुले कोरोना मापदण्ड अनुसारका कार्य गर्न समेत अनुरोध गरेको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिकाले समेत सोमबार बैठक बसी आवश्य सुरक्षा मापदण्ड पालनाको लागि आग्रह गरेको छ । नगरपालिकाले नगर भित्रका शैक्षिक संस्था तथा भिडभाड हुने हाटबजार वैशाख १७ सम्म बन्द गर्ने निर्णय गरेको छ ।
कावासोती नगरपालिकाले आईतबारनै एक सूचना जारी गरि १७ गते सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरि सकेको छ । हाटबजार लगाएत मानिसको भिडभाड हुने हाटबजार लगाएतका क्षेेत्र अर्काेे सूचना नभएसम्म बन्द गर्ने निर्ण गरेकाे छ ।
गैंडाकोट नगरपालिकाले बैशाख २८ गते सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले वैशाख १४ गते देखी वैशाख २८ गते सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
विनय त्रिवेणी गाउँपालिकाले समेत शैक्षिक संस्था अर्को सूचना जारि नहुदा सम्मकाे लागि बन्द गरेकाे छ ।
देवचुली नगरपालिकाले समेत कोभिड १९ को जोखिम कम गर्न शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ । साथै अन्य स्वास्थ्य मापदण्ड पालना गर्न समेत अनुरोध गरेकाे छ ।
कोभिड १९ को जोखिम क्रमश बढदै गएकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन स्थानीय तहरुले अनुरोध गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |