२०८० आश्विन १४, आईतबार
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरभित्रका विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको कावासोती नगरपाकिलाको विपद व्यवस्थापन समितीको वैठकले एक हप्तासम्मका लागि नगरभित्रका सबै विद्यालय र हाट बजार बन्द गर्ने निर्णय गरेको विपद व्यवस्थापन समितीका संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो । बैशाख १३ गतेदेखि १७ गतेसम्म बन्द गर्ने निर्णय भएको हो ।
कोभिड – १९ को जोखिमलाई मध्यनजर गर्दै तत्काल एक हप्ताका लागि नगरका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको मर्दनियाले बताउनुभयो । यस्तै भिडभाड हुने हाटबजार समेत बन्द गर्ने निर्णय गरिएको उहाँको भनाई छ । कावासोती नगरपालिका दुई स्थीत शिव नमुना माध्यामिक विद्यालयका एक जना विद्यार्थीमा कोभिड – १९ संक्रमण देखिएपछि यहाँका विद्यार्थी तथा अभिभावकहरु समेत त्रसित बनेका छन् । विद्यालयका एक जना विद्यार्थीमा गत विहीबार नै कोभिड – १९ संक्रमण पुष्टि भएको थियो । तर विद्यालय निरन्तर सञ्चालन भएपछि विद्यार्थीहरुले शिक्षा शाखामा ध्यानाकर्षण समेत गराएका थिए ।
विद्यालयले सञ्चालन गर्ने भनिएको परीक्षा विद्यालय सुचारु भएपछि सोहि कार्यतालिका अनुसार सञ्चालन गरिने कावासोती शिक्षा शाखाका श्रोत शिक्षक तिर्थ कंडेलले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |