२०८० आश्विन ५, शुक्रबार
नवलपुर । किर्तिपुरका रन बीर सोती मगरको भत्किएको घर अहिले नयाँ स्वरुपमा ठडिएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण पूर्ण रुपमा क्षति भएको घर निर्माण सम्पन्न हुदाँ उहाँलाई खुसी लागेको छ । नेपाल सरकार , राष्ट्रिय पनुर्निमाण प्राधिकरणको सहयोगमा नयाँ घर बनाएर बस्न पाउदा आफुलाई धेरै खुसी लागेको उहाँले बताउनुभयो । ‘भुकम्पले सबै छानो,गाह्रो भत्काएको थियो, कसरी बनाउने भन्ने पिर थियो, सरकारको सहयोगमा घर बन्दा खुसी लागेको छ’ सोतीले भन्नुभयो । अहिले बनेको घर तालिम प्राप्त दक्ष डकर्मीले बनाएकाले भुकम्प प्रतिरोधी रहेको समेत उहाँले बताउनुभयो ।
रनबीर सोती मगर जस्तै नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरको किर्तिपुरमा भुकम्पले क्षति भएका १ सय ५ घर निर्माण सम्पन्न भएको छ । एउटै गाउँमा सबै भन्दा धेरै क्षति पुगेको किर्तिपुर पुनर्निमाण पछि पुन नयाँ स्वरुपमा फेरीएको छ । भत्किएका घरका ठाउँमा नयाँ सुरक्षित घर निर्माण भएका छन् ।
किर्तिपुर संगै नवलपुरका ९८ प्रतिशत निजि आवासको पुर्ननिर्माण कार्य सकिएको छ । ६ वर्षको अवधिमा जिल्लाका आठ वटै स्थानीय तहमा क्षति भएका घरको ९८ दशमलब ३८ प्रतिशत पुनर्निमाण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरमा प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो । नवलपुरमा कुल एक हजार ५३ घर क्षती भएकोमा पुनर्निमाणको काम सकेर कुल १ हजार ३४ जनाले तेश्रो किस्ताको रकम समेत बुझीसकेका छन् ।
जिल्लामा अनुदान रकम लिएर घर निर्माण सम्पन्न नगर्ने दुई जनाले अनुदान रकम फिर्ता गरेका छन् । दोहोरो लाभग्राही भएका कारण चार जनालाई लाभग्राहीको सूचिबाट हटाईएको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । लाभग्राही कायम भएका दुई जनाले सम्झौता नगरको समेत उहाँले बताउनुभयो ।
जिल्ला आयोजना कार्यान्वय इकाई प्रमुख कार्कीका अनुसार सम्झौता नगर्ने ,दोहोरो लाभग्राहि तथा तोकिएको समयभित्र सम्पर्कमा नआएका गरि ११ जना लाई लाभग्राहिको सूचिबाट हटाईएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |