२०८० आश्विन ५, शुक्रबार
कावासोती । जिल्ला खेलकुद विकास समिति नवलपुरको शनिबार पदभार ग्रहण गरिएको छ । कावासोतीमा भएको कार्यक्रममा सांसद तिलक महत, प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पदभार ग्रहण गराउनु भएको हो ।
नव गठित जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सेत बहादुर पुन, उपाध्यक्षमा सरोज महतो, सचिवमा धु्रव खनाल, कोषाध्यक्षमा सुनिता गहतराज ,सदस्यहरुमा निराजन महतो, हरी थापा, गोविन्द पाण्डे, यम कुमारी पुन, जीवन श्रेष्ठ, थमन चौधरी, नारायण प्रसादा पोखरेल, इन्दु घिमिरे र प्रंससा गाहामगर रहनु भएको छ ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद तिलक महतले खेलकुद स्वास्थ्य, अनुसार र राष्ट्रको पहिचान भएको बताउनुभयो । खेलकुद र खेलाडीकै माध्यमबाट धेरै राष्ट्र आफुलाई चिनाउन र स्थापित गर्न सफल भएको भन्दै नव गठित समितिले समेत नवलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने गरि लाग्नुपर्ने बताउनुभयो । समग्र नवलपरासीलाई खेलको माध्यमबाट चिनाउन खेलकुदसंग सम्बन्धीत बिभिन्न संस्थाहरु सहित पुराना पुस्ताहरुको ठुलो योगदान रहेको स्मरण गर्दै सबैलाई समेटेर खेलकुद क्षेत्रको थप विकासमा लाग्न समितिलाई आग्रह गर्नुभयो ।
अन्य क्षेत्रको तुलनामा खेलकुदाको विकासमा बजेट कम भएको बताउनदै अब स्थानीय सरकार समेत खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँले बताउनुभयो । सरकारले खेल क्षेत्रका पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा निरन्तर लागेको भन्दै थप विकासकालागि सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले शिक्षा जती महत्व छ ,खेलकुदाको समेत उत्तिकै महत्व रहेको बताउनुभयो । नवलपरासी खेलाडी र खेलको माध्यमबाट चिनिएको बताउदै अब नवलपुरलाई प्रदेश स्तरमा खेलकुदको क्षेत्रमा फरक पहिचानका साथ स्थापित गर्ने गरि समितिले कार्य गर्नुपर्ने बताउनुभयो । कसैको भनसुन र तेरो मेरो नभनी दक्ष , क्षमतावान खेलाडी उत्पादन र छनौटमा समिति लाग्नुपर्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा समेत कतिपय क्षमतावान खेलाडी रहेको भन्दै सबै क्षेत्र समेटर समिति अगाडी बढ्नुपर्ने प्रदेश सभा सदस्य गाहाले बताउनुभयो । समितिमा पर्नुमात्रै ठुलो कुरा नभएको भन्दै जवाफदेही रुपमा खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले स्थानीय श्रोतको खोजी गर्दै खेलकुदको विकासमा जुट्नुपर्ने बताउनुभयो । खेलक्षेत्रमा राज्यको लगानी कम भएपनी स्थानीय श्रोतको खोजी गरेर समेत खेलकुदको विकासमा लाग्न सकिने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले अनुशासित र गतिशिल जिवनकाले लागि खेलकुदा आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले खेलकुदको महत्व धेरै रहेको बताउदै यसको विकासमा समिति लाग्नेमा विश्वास व्यक्त गर्दै शुभकामना प्रकट गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले खेल क्षेत्रको विकासमा सरकारले थप लगानी गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखि यसको विकासमा लाग्नुपर्र्ने अध्यक्ष पराजुलीले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति कार्यालय नवलपुरका प्रमुख विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
पदभार ग्रहण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुनले सबै संग समन्वय गर्दै खेल क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । विद्यालय शिक्षा र खेलकुदलाई जोडेर बिभिन्न कार्यक्रम संचालन गर्दै जाने उहाँले बताउनुभयो । खेलकुद सबैकालागि भन्ने कुरालाई मनन् गर्दै पूर्वाधार विकास , खेल प्रशिक्षण लगाएतका काम प्रदेश संग समन्वय गर्दै अगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्वागत एवं पदभार ग्रहण कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल, कावासोती नगरपाकिला न्यायिक समिति सदस्य आनन्द श्रेष्ठ, जिल्ला फुटबल संघका उपाध्यक्ष हेमु शंकर देवकोटा, नवलपरासी एथलेटिक्स संघका जिल्ला उपाध्यक्ष भिमलाल कंडेल, हेन्डबल संघ जिल्ला अध्यक्ष मोदनी लाल पाण्डे , राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष हिमाल सिंह ठकुरी, जिल्ला क्रिकेट संघका उपाध्यक्ष इन्द्र सिग्देललगाएतको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |