२०८० आश्विन १४, आईतबार
नवलपुर । सामुदायिक विद्यालय भित्र अगे्रजी माध्यमबाट पठन पाठन गराउने विद्यालयहरुको छाता संगठन इम्बक्स नवलपुरले बार्षिक परिक्षा तालिका सार्वजनिक गरेको छ । कोभिडको कारण विद्यालयहरुले बार्षिक परिक्षा चाडै सम्पन्न गर्ने गरि कार्यतालिका बनाएका छन् । यसै अनरुप इम्बक्स नवलपुरले समेत आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ । बैशाख २० गतेबाट परिक्षा सुरु गर्ने गरि आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सूचनाको नोट नम्बर १ मा भने बैशाख १७ गते भित्र सहयोग रकम भुक्तानी गर्न भनिएको छ । नोटमा ‘परिक्षार्थीहरुले परीक्षामा सम्मेलित हुन विद्यालय विद्यालयमा भुक्तान गर्नुपर्ने वैशाख सम्मको सम्पूर्ण सहयोग रकम २०७८ वैशाख १७ गते भित्र भुक्तान गरी अनिवार्य रुपमा प्रवेश पत्र लिइसकेको हुनु पर्दछ ’ लेखिएको छ ।
सरकारले सामुदायिक विद्यालयमा कुनै पनी शुल्क तिर्नुनपर्ने बनाएको छ । तर सामुदायिक विद्यालयमा अगे्रजी माध्यमको पढाईको नाममा शुल्क उठाउने गरेको अभिभावकको गुनासो रहेको छ । प्रकाशित सूचनाले समेत सम्बन्धीत सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुलाई अनिवार्य शुल्क बुझाउन, नभए परिक्षामा सामेल हुन नदिने आसय व्यक्त गरेको छ । सूचनामा सहयोग भनेर लेखिएको भएपनी कस्तो प्रकारको सहयोग र कति भन्ने उल्लेख छैन् । सहयोग रकमका विषयमा इम्बक्स नवलपुरका अध्यक्ष शिव प्रसाद देवकोटासंग बुझ्न फोन सम्पर्क गर्दा उहाँको फोन उठेन । इम्बक्समा आवद्ध विद्यालयमा अगे्रजी माध्यमबाट पढन् चाहने विद्यार्थीबाट सहयोगको नाममा शुल्क लिने गरेको सूचनाले पुष्टि गरेको छ । सहयोग रकमनै हो भने सहयोग लिने विषय करकापको विषय नहुने र सहयोग नदिएकै भरमा परिक्षामा सामेल हुन नपाउने विषय विद्यार्थीको परिक्षा दिन पाउने अधिकार विपरित ठहर हुने अनेरास्ववियु नवलपुर जिल्ला कार्यालय सदस्य प्रसान्त सिग्देलले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ नवलपुर प्रमुख कृष्ण चन्द्र पोखरेलले सामुदायिक विद्यालयले नेपाली वा अंगे्रजी कुनै पनि माध्यमबाट पठन पाठन गराएपनी विद्यार्थीबाट कुनै प्रकारको शुल्क लिन नपाउने बताउनुभयो ।
सामुदायिक विद्यालयमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने भएपनी सहयोगको नाममा लिदै आएको रकमका विषयमा भने सम्बन्धीत नियमनकारी निकायले रोक लगाउन सकेको छैन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |