२०८० आश्विन ५, शुक्रबार
वीर बहादुर बिसी ।
बुलिङ्गटार । अनाथ आमा आश्रम सञ्चालनार्थ श्रीमदभागवत पितृमुक्ति बिराट महायज्ञ सुरु गरिएको छ । बुलिङ्गटार गाउपालिकाअध्यक्ष शशिकिरण बस्ताकोटिको अध्यक्षता एवं सासद शसाङ्क कोईरालाकाे प्रमुख आतिथ्यतामा महायज्ञ सुरु गरिएको हाे । मंगलबार भएकाे उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा,गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछाने ,गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले शुभकामना व्यक्त गर्दै धार्मिक क्षेत्र घुमारीघाटको बिकास र अनाथ आमा आश्रम सञ्चालनमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेकाे जोड दिएका थिए ।बुलिङ्गटार गाउँपालिका-६ घुमारीघाट धार्मिक क्षेत्रमा जेठ ६ गते एक महिना सम्म सञ्चालन हुने महायज्ञमा संकल्पकर्तागुरु प्रमुख वाचक नारायण न्यौपाने कृष्णचरणामृतबाट कथा वाचन हुने छ ।
कार्यक्रममा महायज्ञ र अनाथ महायज्ञ शुभारम्भ कार्यक्रममा काठमाडौ,रुपन्देही,स्याङ्जा कास्की,चितवन,पाल्पा,नवलपरासी कालीगण्डकी नदिबेसिका भक्तजनको सहभागीता रहेको थियो ।
भक्तजन,पण्डित,गुरुहरुको कलश यात्रा सहित मन्दिर र महायज्ञ परिसरको परिक्रमा गरि सुरु भएको शुभारम्भ कार्यक्रमकाे संचालन चन्द्रकान्त काफ्लेले र स्वागत मन्तव्य बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटाले राख्नु भएकाे थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |