२०८० आश्विन १४, आईतबार
कावासोती । मध्यविन्दु ९ का स्थानीय विष्णु भण्डारीलाई कालो मोसो दलेको घटनामा जिल्ला प्रशासन कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व)ले पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
आफुलाई स्थानीय ६५ वर्षीय रन बहादुर बि.क. को नेतृत्वमा सोही स्थान बस्ने वर्ष २७ को दिपक बि.क., वर्ष ६० को हरि बि.क., वर्ष २३ को प्रमोद बि.क. र बर्ष ५५ को नर बहादुर कुमालले मोसो दलेर अभद्र व्यवहार गरेको भन्दै भण्डारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीको आधारमा आरोपितहरु बिरुद्ध पक्राउ पुर्जि जारी भएको हो ।
भण्डारीको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । ओरोपितहरुको खोजि कार्य भइरहेको उहाँले बताउनुभयो ।
मध्यविन्दु ९ का स्थानीय भण्डारीले जातिय विभेद गरेको भन्दै आईतबार स्थानीयले मोसो दलेका थिए । बैशाख १ गते भण्डारीले स्थानीय रुपमा ओयोजित वनभोज कार्यक्रममा दिपक वि.क. माथि जातिय विभेद गरेको आरोप उनिहरुको छ ।
प्रहरीले भने जातिय विभेद भएको सम्बन्धी कुनैपनि उजुरी कार्यालयमा नआएको बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान पस्चात मात्रै विस्तृत विवरण आउने डिएसपी गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |