२०८० आश्विन ११, बिहिबार
कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका – ७ स्थित पूर्व पश्चिम राजमार्गमा स्थानीयले आईतबार एक घण्टा बाटो अबरुद्ध पारेका छन् ।
बजार क्षेत्रको जिर्ण सडक मर्मत र धुलोको नियन्त्रण गर्नसमय समयमा पानी राख्न माग गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष अमृत ज्ञवालीको नेतृत्वमा स्थानीयले आईतबार १० बजेदेखि ११ बजेसम्म एक घण्टा बाटो अबरुद्ध गरेका हुन् ।
सडकमा अत्याधीक धुलो उडेर स्वास्थ्यमा समेत प्रतिकूल असर पारेका कारण पटक – पटक बाटो निर्माण पक्षलाई ध्यानाकर्षण गराउदा समेत वेवास्ता गरेको हुँदा बाध्य भएर सडक अबरुद्ध गर्नुपरेको वडा नं ७ का वडा अध्यक्ष ज्ञवालीले बताउनुभयो । धुलो उडेर सडक छेउका पसलका सामाग्री समेतमा धुलाम्मे बन्दा व्यापार व्यवसायमा समेत असर परेको ज्ञवालीले बताउनुभयो । पटक – पटक सडक विस्तार आयोजनामा तथा प्रहरी प्रशाशनमा समेतमा ध्यानाकर्षण गराउँदा पनि धुलो नियन्त्रण र बाटो मर्मत गर्न कुनै सुनुवाई नभएकाले बाटो अबरुद्ध गर्न परेको स्थानीयले बताएका छन् । स्थानीयले सडक आयोजनाको ५ वटा टिप्पर र एउटा ट्याङकर समेत नियन्त्रण लिएर प्रहरी चौकीमा बुझाएका छन् ।
माग पुरा भएर सहमती भएमा नियन्त्रण लिएका सवारी छाड्ने नभए आन्दोलन जारी राख्ने स्थानीयले चेतावनी समेत दिएका छन् ।
अहिले नारायणगढ – बुटवल सडक विस्तारका क्रममा रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |