२०८० आश्विन १४, आईतबार
कावासोती । नवलपुरमा ३४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । बैशाख ६ र ७ गते राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तरगत नवलपुरमा ६ महिनादेखि ५ बर्ष मुनिका ३४ हजार बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्ष मुनिका २९ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।
नवलपुरमा ८ वटा पालिकाका ९२ वटा वडामा ३ सय ५९ जना महिला स्वास्थ्य स्वयम् सेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
यसैबीच सरकारले बालबालिकालाई भिटामिन ’ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |