२०८० मंसिर २५, सोमबार
दुम्किबास । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको छ ।
शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्नेमा बस आफै अनियन्त्रीत भई सडकबाट दुई मिटर तल खसेको हो । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
सडकबाट तल भिरमा बस खसेकाले घाईतेको उद्धारमा समेत कठिनाई भएको थियो । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाईतेको उद्धार गरेका थिए । साँझ ६ बजे बस दुर्घटनामा परेको थियो । प्रहरीले दुई घण्टा लगाएर घाईतेहरुको उद्धार गरेको छ । घाईते मध्य २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, तीन जनाको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । बसमा सवार सबै ३१ जना यात्रु घाईते भएको उहाँले बताउनुभयो । दुर्घटनाको बिस्तृत बिवरण भने अझै आउन बाँकी रहेको गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |