२०८० आश्विन ५, शुक्रबार
कावासोती । अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पूर्नस्थापना कार्यक्रम अन्र्तगत सरफ र फिनेल बनाउने तालिमको शनिबार समापन गरिएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग , युवा तथा खेलकुद मन्त्रालय , जिल्ला युवा समितीको समन्वय र अपाङ्गता पुर्नस्थापना केन्द्र नवलपुरको आयोजनामा संचालन गरिएको ८ दिने तालिमको समापन कार्यक्रम शनिबार गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले अपाङ्गता भएकाहरुलाई सहज रुपमा जिवनयापन गर्ने कुराको ग्यारेन्टी सरकारले लिनु पर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुको जिवनयापन गर्ने कुरा सपाङ्ग भन्दा कठिन हुने भन्दै राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । अपाङ्गता भएकाहरुको सहज जिवनयापनका लागि सरकारले गर्नुपर्ने कामको लागि पहल आफुले समेत पहल गर्ने प्रदेश सभा सदस्य गाहाले बताउनुभयो ।
पहिलेको कुरामा अहिले धेरै परिवर्तन आएको बताउदै संविधानले समेत अपाङ्गता भएकाहरुकालागि विभिन्न अधिकार सुनिश्चित गरेको हुनाले आफ्ना अधिकार प्राप्तीकालागि तीनै तहका सरकार समक्ष आफ्ना माग राख्नुपर्ने उहाँले बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गाहाले तालिममा सिकेका शिपलाई व्यवहारमा उतारी व्यवसायीक रुपमा लाग्नुपर्ने बताउनुभयो । उत्पादन भएका सामाग्रिको गुणस्तरमा कमि हुन नदिए बजारीकरणकालागि समेत समस्या नभएको उहाँले बताउनुभयो ।
उहाँले अपाङ्गता पूर्न स्थापना केन्द्रको भवनकालागि आवश्यक व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला युवा समितिका अध्यक्ष हिमाल सिंह ठकुरीले अपाङ्गता भएका व्यक्तिले शिप सिकेर उत्पादन गरेका सामाग्रिको बजारीकरण गर्न आफुले सहयोग गर्ने बताउनुभयो । उहाँले सिकेको शिपलाई सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
अपाङ्ग समन्वय परिसद मध्यविन्दुकी सचिव गंगा महतोले शिप सिकेर यसलाई व्यवसायिक रुपमा अगाडी बढाउदै आर्थिक अवस्था सुधारगर्न सहभागिलाई अनुरोध गर्नुभयो ।
८ दिन सम्म संचालन भएको तालिममा २२ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रम अपाङ्गता पुर्नस्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुईटेलको अध्यक्षतामा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |