२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
कावासोती नगरपालिका वडा नं. १, २,१० र १७ नं. वडामा यो कार्यक्रम सुरु भएको छ । गरिबीको रेखामुनी रहेका परिवारका लागि स्थानीय श्रोत साधन र सीपको परिचालन गरी स्थानीय स्तरमा नै उद्यमशीलता विकास मार्फत् रोजगारी सिर्जना गर्ने उदेश्यले कावासोती नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रम मार्फत् नगरपालिकाका ४ वटा वडाका ९२ जनालाई लघु उद्यमी बनाउने उदेश्य राखिएको छ ।
नगरको पछाडी परेको तथा ग्रामणि क्षेत्रका लक्षित समुदायलाई लक्षित गरि यो कार्यक्रम सञ्चालन गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । स्थानीय स्तरमा नै उपलब्ध भएका श्रोत साधनको पहिचान गरि त्यसको उचित प्रयोग गर्दै कार्यक्रममा सहभागि लक्षित वर्गको जिवन स्तर उकास्न यस कार्यक्रमले टेवा पु¥याउने पुनले बताउनुभयो ।
यस कार्यक्रममा वडा नं १ मा २३ जना , २ मा ३२ जना , १० मा २२ जना र १७ मा १५ जना सहभागि छन् । कम्तीमा १० जनाको समूह बनाएर कुनै एउटा उद्यमको तालिम प्रदान गरिने कावासोती नगरपालिका वडा नं. २ का अध्यक्ष तथा आर्थिक समिती संयोजक लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम सरकार मार्फत् अहिले स्थानीय तहले नै सञ्चालन गररेको छ । यो बहुवर्षे कार्यक्रम भएको हुँदा यो कार्यक्रममा सहभागि हुनेहरु लाभान्वित हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरण अन्तरगत वडाहरुमा उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ । तालिममा कार्यक्रममा सहभागिहरुले उद्यम के हो ? कसरी गर्ने , भौगोलिक रुपमा तथा हावापानीका हिसावले कुन उद्यम गर्दा उचित हुन्छ ? लगायतका विषयमा जानकारी प्रदान गरिएको छ । तालिम पश्चात सहभागिहरुले आफुहरुले गर्न चाहेको उद्यम छनौट गर्ने काम सकिएको छ । कावासोतीमा बङ्गुर पालन ,बाख्रा पालन , भैँसी पालन ,प्याकेजिङ्ग , डलकुशन र सिलाइ बुनाई उद्यमहरु छनौट गरिएको उद्यम विकास सहजकर्ता अस्मीता नेपालीले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तरगत आउँदा दिनहरुमा निरन्तर रुपमा आवश्यक तालिम दिने , बीउ पुजीँ दिने , प्रविधी हस्तान्तरण गर्ने लगायतका कार्यक्रम गरिने नेपालीले बताउनुभयो । कार्यक्रममा अधिकाशं महिला सहभागि रहेको नेपालीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |