२०८० आश्विन ५, शुक्रबार
मोहन पौडेल ।
परासी । अखिल नेपाल किसान महासंघ पश्चिम नवलपरासीको जिल्ला अगुवा कार्यकर्ता भेला गोपिगंज सम्पन्न भएको छ । भेलाले तारासिंह थापाको संयोजकत्वमा १७१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा भिमकला भट्टराई चयन हुनुभएको महासंघले जनाएको छ ।
महासंघ अन्तर्गतका १७ वटा बिषयगत समितिका संयोजक र सातवटै पालिकाका संयोजक, सहसंयोजक आगामी बैठकले चयन गर्ने अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य राजन आचार्यले जानकारी दिनुभयो ।
महासंघका केन्द्रीय उपाध्यक्ष कमलराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सभा सदस्य एवं नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, प्रदेश सभा सदस्यीय भगवती देवी भण्डारी, महासंघका केन्द्रीय सचिव तथा प्रदेश संयोजक खड्ग बहादूर खड्का, केन्द्रीय कार्यालय सचिव सरिता भुसाल, सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने महासंघका केन्द्रीय सदस्य राजन आचार्यले संचालन गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |