२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपुरमा रहेका होटल तथा रेष्टुरेन्टहरुमा स्टिकर टाँस गरिएको छ । होटल तथा रेस्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा स्टिकर (लोगो ) टाँसीएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा मार्फत यहाँ रहेका होटल तथा रेष्टुरेन्टहरुको खाद्य स्वस्छताको बिभिन्न सूचकको आधारमा मुल्याकंन गरि स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख एवं वरिष्ठ खाद्य अधिकृत विमल प्रसाद दाहालले बताउनुभयो ।
नवलपुरमा रहेका २९ वटा होटल तथा रेष्टुरेन्टहरुको बिभिन्न ५० वटा सूचकका आधारमा मुल्याकंन गरि स्टिकर टाँस गरिएको उहाँले बताउनुभयो । होटलहरुलाई सूचकका आधारमा चार वर्गमा बिभाजित गरि स्टिकर टाँस गरिएको हाे । अति उत्तम, उत्तम, सन्तोषजनक सामान्य गरि चार समूहमा होटल तथा रेष्टिुरन्टको वर्गिकरण गरिएको छ ।
सरसफाई, पानी आपूर्ती, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउँ, भण्डारण गर्ने कोठा, फ्रिजमा खानेकुरा भण्डारणको विधि, लगाएतका बिभिन्न ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेन्टलाई नम्बर प्रदान गरि बर्गिकरण गरिएको वरिष्ठ खाद्य अधिकृत दाहालले बताउनुभयो ।
आईतबार कावासोतीका होटलहरुमा उनिहरुले प्राप्त गरेको अङ्कको आधारमा स्टिकर टाँस गरिएको छ । नवलपुरमा २९ वटा होटलको सूचकहरुको आधारमा बर्गिकरण गरि स्टिकर टाँसीएको छ । जसमा नवलपुरमा एउटापनी होटल तथा रेष्टुरेन्ट ‘क’ अर्थात अति उत्तममा परेका छैनन् । दुई वटा उत्तम ,११ वटा सन्तोसजनक, ७ वटा सामान्य र ९ वटा न्यूनतम ५० अङ्क पनि प्राप्त नगरेका होटलहरु रहेका छन् ।
होटल तथा रेष्टुरेन्टको वर्गिकरण गरि लोगो टाँस गर्दा व्यवसायी बिच स्वच्छ प्रतिसपर्धा हुने साथै ग्राहकले समेत आफुले रोजेर राम्रो होटल रेष्टुरेन्टमा जानेहुदा लोगो टाँस गर्ने कुराले सकारात्म प्रभाव पार्ने दाहालले बताउनुभयो ।
सूचकको आधारमा कम अङ्क प्राप्त गर्नेहरुलाई नीतीगत रुपमा कारवाही गर्ने कुनै प्रावधान नभएपनी सुधारकालागि सचेत भने गराईने उहाँले बताउनुभयो ।
खाद्य स्वच्छताको अवस्था सुधारकालागि विभागले अभिमुखीकरणका कार्यक्रमहरु भने गर्ने वरिष्ठ खाद्य अधिकृत दाहालले बताउनुभयो ।
कावासोतीमा आईतबार आयोजना गरिएको स्टिकर बितरण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले स्टिकर टाँस गर्दा राम्रा होटलमा ग्राहक खोजी खोजी जानेहुनाले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यसले अन्य व्यवसायलाई समेत आफ्नो होटल ,रेष्टुरेन्ट राम्रो बनाउन सकारात्म प्रभावपार्ने उहाँले बताउनुभयो ।
टाँस गरिएको स्टिकरको मान्यता एक वर्ष सम्म रहने र बिचमा परिक्षण गर्दा गुणस्तरमा कमिआए वर्गिकरणको मापदण्ड घट्ने र बढे बढाईने वरिष्ठ खाद्य अधिकृत दाहालले बताउनुभयो ।
कावासोतीमा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख विक्रम सुवेदी, उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष डोरमान गिरी, होटल व्यवसायी संघका केन्द्रिय सदस्य बालकृष्ण पौडेल, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोस राना लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।
नवलपुरमा रहेका होटल तथा रेष्टुरेन्टहरुको मापदण्ड हेर्नुहोस ।
उत्तम ‘ख’ बर्ग
सितारा रिसोर्ट
नयाँथाली
सन्तोसजनक ‘ग’ बर्ग
होटल क्रिस
जङ्गल रिसोर्ट
लाईफ बोट रेष्टुरेन्ट एण्ड बार
देवचुली गेष्ट हाउस
होटल दियालो
होटल ब्लु हेभन
द ग्लास हाउस होटल
टिफिन बक्स
ब्लाएक एण्ड ह्वाईट
स्वस्तिक होटल
कान्तिपुर रेष्टुरेन्ट
सामान्य ‘घ’ बर्ग
होटल मान सरोबर गेष्ट हाउस
दिपरोस गेष्ट हाउस
होटल मोनालिसा
रिसो लाउज एण्ड रेस्टुरेन्ट
रोयल प्यालेस रेस्टुरेन्ट एण्ड लज
रोयल ढोकी
मोनालिसा फास्ट फुड
न्यूनतम ५० अङ्क समेत नपाएकाहरु
रिर्भस साईड ग्रिन हाउस रिसोर्ट
डिलक्स गेष्ट हाउस
सतनचुली गेष्ट हाउस
सेन्टर गेष्ट हाउस
अंकित रेष्टुरेन्ट
पाण्डे खाजा घर
गुल्मेली तन्दुरी रेष्टुरेन्ट
होटल लक्स
लेटिनो रेस्टुरेन्ट
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |