२०८० आश्विन १४, आईतबार
मोहन पौडेल ।
परासी। सुनवल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा आज पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन एवं लेखा समितिको प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजना पनि निर्माण गरेको छ ।
सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरणका लागि संस्थाले भोग्नुपरेका समस्या र चुनौती समाधान गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
आफूहरु निर्वाचित भएर आएदेखि नै खानेपानीसहित मानव विकासमा बजेट विनियोजन प्राथमिकतामा राखेको बताउनुहुँदै एक घर एक धारा तीनै तहको सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सुनवल नगर उपप्रमुख दधिराम अर्यालले नगरपालिका भित्र खानेपानी जडान र महशुसमा एकरुपता ल्याउन नगरपालिकाले नै शुल्क निर्धारण गरेको जानकारी दिनुभयो । खानेपानी आयोजनालाई नगरपालिकाले समानुपातिक रुपले बजेट विनियोजन गर्दै आएको बताउदैँ उहाँले सुनवल खानेपानी आयोजनाको लागि निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सुनवल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्ग बस्नेतले आयोजनाले दैनिक १४ लाख लिटर पानी उत्पादन गरी दैनिक १६ घण्टा वितरण गर्दै आएको बताउनुभयो । नगरपालिकाको वडा नं. १,३,४,६ र १० का तीन हजार २६७ घरधुरी अर्थात ३२ हजार जनसंख्या यो आयोजनाबाट प्रत्यक्ष लाभावन्ति रहेका छन् ।
उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउन समिति निरन्तर सक्रिय रहेको उहाँले बताउनुभयो । नगरपालिका र प्रदेश सरकारको सहयोगमा आवश्यक पूर्वाधार निर्माणको कार्य भईरहेको भन्दै उहाँले आयोजनालाई थप व्यवस्थित गर्न नगरपालिकाको समन्वयमा रु २६ करोडको प्रस्ताव संघीय खानेपानी तथा ढल निकास विभागमा पेश गरिएको बताउनुभयो । पूराना आयोजना भएकोले वितरण प्रणालीलाई व्यस्थित र संस्थाले तिर्नुपर्ने ऋण भुक्तानीका लागि चुनौती रहेको अध्यक्ष बस्नेतको भनाई छ ।
संस्थाले रु तीन करोड ६२ लाख ९१ ह्जार ऋण भुक्तानी गर्न बाँकी छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रिय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले दलित, गरीब र मुसहर बस्तीमा खानेपानीको पहुँच पु¥याउन र सहुलियत वा निःशुल्क धारा जडानमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।खानेपानी र सरसफाइलाई सँगै जोडेर लैजान जरुरी रहेको उहाँको जोड थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीका इृन्जिनियर जगन्नाथ गहतराज, वास पत्रकार समूहका जिल्ला अध्यक्ष मोहन पौडेलले संस्थाले स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउन थप सक्रियता देखाउनुपर्ने भन्दै सरसफाइका कार्यक्रमलाई पनि सञ्चालन गर्न जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पितलीदेवी पुनले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विष्णुप्रसाद पौडेलले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष बलबहादुर थापाको स्वागत र सचिव हिमलाल पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संस्थाका व्यवस्थापक शोभाकान्त शर्माले जानकारी दिनुभयो । उक्त अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, वडाध्यक्षहरु, पूर्व पदाधिकारीहरु, सञ्चारकर्मी, उपभोक्ता प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |