२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपुर उद्योग वाणिज्य संघ उत्कृष्ट संघका रुपमा सम्मानीत भएको छ । शनिबार काठमाण्डौंमा भएको उद्योग वाणिज्य महासंघको ५५ औं साधारण सभा एवं उद्योग वाणिज्य दिवस –२०७७को अवशरमा नवलपुर उद्योग वाणिज्य संघ उत्कृष्ट संघका रुपमा सम्मानीत भएको हो ।
देशभरका १ सय १४ उद्योग वाणिज्य संघ मध्य २१ उत्कृष्ट संघ भित्र नवलपुर उद्योग वाणिज्य संघ परेको हो । उद्योग ,व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा गण्डकी प्रदेशबाट उत्कृष्ट रुपमा काम गरेको भन्दै नवलपुर उद्योग वाणिज्य संघ सम्मानीत भएको हो ।
गण्डकी प्रदेशका तीन उत्कृष्ट उद्योग वाणिज्य संघ भित्र नवलपुर उद्योग वाणिज्य संघ परेको छ । उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मान पत्र संघका अध्यक्ष डासुराज पोखरेलले ग्रहण गर्नु भएको छ ।
जिल्लामा रहेर उत्कृष्ट रुपमा काम गरेको आधारमा नवलपुर वाणिज्य संघ सम्मानीत भएको हो । प्रत्यक प्रदेशबाट तीनवटाका दरले छनौट गर्दा नवलपुर उद्योग वाणीज्य संघ समेत उत्कृष्टको सूचिमा परेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |