२०८० आश्विन १४, आईतबार
कावासोती । नेपाल दलित मुक्ति अभियान नवलपुरले र्याली सहित शक्ति प्रर्दशन गर्ने भएको छ । नवलपुरको कावासोतीमा यही चैत २८ गतेका दिन र्याली र शक्ति प्रर्दशन सहित जिल्ला स्तरिय प्रथम दलित भेला र कमिटि घोषणा कार्यक्रम गरिने संयोजक मधु सुनारले बताउनुभयो ।
आफ्ना आवाजहरु उठाउदै सचेतना सहितको जागरण जगाउने उद्येश्य सहित भेला गर्न लागिएको संयोजक सुनारले बताउनुभयो ।
दलित मुक्ति अभियानको उद्येश्य र यसको औचित्यको बारेमा जानकारी गराउने समेत भेलाको उद्येश्य रहने संयोजक सुनारले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष सुनील लोहनी विक सहितका विभिन्न व्यक्तिहरुको सहभागिता रहेन संयोजक सुनारले बताउनुभयो । जिल्लाभरिका स्थानीय तहबाट सहभागिता हुने समेत संयोजक सुनारले बताउनुभयो ।
कार्यक्रम कावासोती थाना चोक स्थित खुल्ला मैदानमा हुने जनाईएको छ । भेला अघि बिभिन्न ,झाकी सहितको र्याली निकालीने जनाईएको छ । दुई वर्ष अघि बाट सुरु गरिएको अभियानले वैज्ञानिक विधिबाट पहिचान गरी देशभरीका दलितको जीवन परिवर्तन गर्न ९ वटा बिचार अघि सारेको संयोजक सुनारले बताउनुभयो । आसन, रासन, शासन ,कपास , शिक्षा, स्वास्थ्य ,रोजगारी , आर्थिक उन्नति र सामाजिक समानता सहितको अवधारणा नेपाल दलित मुक्ति अभियानले अगाडी सारेको उहाँले बताउनुभयो । कावासोतीमा हुने कार्यक्रम समेत यिनै बिचारमा केन्द्रित रहित संचालन हुने संयोजक सुनारले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |