२०८० आश्विन १४, आईतबार
दुम्किबास । विनयी त्रिवेणी गाउँपालिकाको आठौं गाउँसभा अर्धवार्षिक समिक्षा र पुरक बजेट पारित गर्दै आईतबार सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिका उपाध्यक्ष मिना कुमारी रानाले प्रस्तुत गर्नुभएको पाँच करोड ६३ लाख ९४ हजार ८ सय ३५ रुपैयाको पुरक विधेयक पारित गरेको हो ।
गाउँसभाले गाउँपालिकाको कार्यालयको लागि २ करोड ७८ लाख ४० हजार तिन सय ३५ रुपैया बराबरको अनुमानित बजेट पास गरेको छ । त्यस्तै पुरक बजेट मार्फत वडा नम्बर १ मा ४२ लाख रुपैया, वडा नम्बर २ मा ४० लाख पाँच हजार रुपैया, वडा नम्बर ३ मा ३८ लाख रुपैया, वडा नम्बर ४ मा ४३ लाख रुपैया, वडा नम्बर ५ मा ५८ लाख रुपैया, वडा नम्बर ६ मा ३३ लाख ९९ हजार पाँच सय रुपैया र वडा नम्बर ७ मा ३० लाख ५० हजार रुपैया पुरक बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले आर्थिक विधेयक २०७७ को संशोधन प्रस्ताव, गाउँ कार्यपालिकाको कार्यालयबाट बिभिन्न योजनामा गरिएको रकमान्तर र शैक्षिक क्षति न्यूनिकरण अभियान सञ्चालनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाको प्रस्ताव अनुमोदनको लागि पेश गर्नु भएको थियो । उहाँले पेश गरेका प्रस्तावहरु गाउँसभाले अनुमोदन गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |