२०८० आश्विन ५, शुक्रबार
कावासोती । गैंडा गणनामा खटिएको टोलीका सदस्य सहित टोलीमा खटिएका माहुते हात्तिबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका –२, नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैंडा खासा टेम्पल क्षेत्रमा गैंडा गणनामा खटिएका टोलीलाई जंगली हात्तिले लखेटपछी हात्तिबाट खसेर कम्तीमा ५ जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गैंडा गणनामा खटिएका प्राविधिक र माहुतेहरु घाइते भएको उहाँले बताउनुभयो ।
गैंडा गणनाको क्रममा जंगली हात्तिले गणनामा प्रयोग भएको हात्तिलाई लखटेपछी प्राविधिक सहित केही माहुते घाइते भएका हुन् । गणनामा खटिएको हात्तिलाई जंगली धु्रवे हात्तिले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । सोही क्रममा भाग्ने क्रममा प्राविधिक सहित केही माहुते घाइते भएको उहाँले बताउनुभयो । घाइते हुनेको संख्या एकिन नभएको भएपनी कम्तिमा ५ जना हुन सक्ने उहाँले बताउनुभयो ।
हात्तिबाट लडेर गणनामा खटिएका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ , माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका –७, का ४२ वर्षीय दिपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका –७, निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरी सहित केही घाइते भएको उहाँले बताउनुभयो । धु्रवे हात्तिले लखेट्दा कोही हात्तिबाट खसेर कोही भाग्ने क्रममा लडेर ,ठोक्किएर घाइते भएको प्रमुख संरक्षक अधिकृत बरालले बताउनुभयो ।
घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ । अरु सामान्य घाइते भएको उहाँले बताउनुभयो । गम्भिर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरि थप उपचारकालागि काठमाण्डौं लगिएको छ । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पश्चात गम्भिर घाइते श्रेष्ठको उपचारकालागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको हो । नेपाल आर्मीको हेलिकप्टर मार्फत कावासोतीबाट उद्धार गरि काठमाण्डौ पठाईएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । गणनामा खटिएको टालीलाई शुक्रबार दिउसो जंगली हात्तिले लखटेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |