२०८० मंसिर १४, बिहिबार
कावासोती ।कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कालोपत्रे बाटो भित्र परेका पाइपलाइनको ठाउँमा नयाँ पाइपलाइन बिस्तारको काम शुरु गरेको छ । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्षेत्र भित्र बाटो बिस्तारका क्रममा कालोपत्रे बाटो मुनी परेका पुराना पाइपको सट्टा नयाँ पाइपलाईन बिस्तार शुरु गरिएको अध्यक्ष भिमलाल कडेंलले बताउनुभयो ।
सानो बाटो हुदा छेउमा परेका पुराना पाईप अहिल बाटो बिस्तारहुदा कालोपत्रे बाटो भित्र परेपछी मर्मतका कामगर्नुपरे बाटो खन्नुपर्ने समस्या देखिएकाले ति पुराना पाइपको सट्टा नयाँ पाइपलाई बिस्तार गर्न लागिएको अध्यक्ष कडेंलले बताउनुभयो ।
अहिले कावासोती नगरपालिका वडा नम्बर ३, शितल चोक देखी २८ बिघासम्मको बाटो भित्र परेको पाइपलाइनको सट्टा नाला बाहिर पाईप पर्ने गरि नयाँ पाइपलाई बिस्तारको काम शुरु गरिएको छ ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्धारा राखिएका पुराना पाइपलाई करिब ७० प्रतिशत अहिले बाटो बिस्तारका क्रममा कालोपत्रे बाटो भित्र पर्न गएको अध्यक्ष कंडेलले बताउनुभयो ।
क्रमश सबै मुल सडक भित्र रहेका परेका पाइपलाइन बिस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष कंडेलले बताउनुभयो । यसले मर्मत संगै नयाँ धारा जडानकालागि उपभोक्तालाई समेत सहजता हुने छ । खानेपानीकै कारण कालोपत्रे सडक मर्मतको क्रममा भत्काउनुपर्ने समस्या समेत हट्ने छ ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले करिब ४८ किलोमिटर खानेपानीको पाइपलाइन आफ्नो कार्यक्षेत्र भित्र बिछ्याएको छ । यस मध्य धेरै जसो पाइपलाई पुरानो भएकाले हाल बाटो बिस्तारका क्रममा बाटो भित्र पर्न गएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |