२०८० मंसिर १६, शनिबार
अमलटारी ।नवलपुरकाे कावासाेतीमा रहेकाे अमलटारी हाेम स्टेले हाेम स्टेमा आउने पाहुनालाई मास्क दिएर स्वागत गर्ने गरेकाे छ । हाेम स्टेमा आउने पाहुनालाई हाेम स्टे सुरक्षित छ भन्ने सन्देश दिनका लागि फुलसंगै मास्क सहित स्वागत गर्न थालिएको हाेम स्टेका व्यवस्थापक धनिराम गुराैले बताउनु भयाे ।अहिले पुनः काेभिडकाे त्रास बढ्न थालेकाले सावधानी अपनाउदै यहाँ आउने हरेक पाहुनालाई समेत मास्क र सेनेटाइजरकाे प्रयोग गरि सुरक्षित रहाैं भन्नेे सन्देश दिनकालागि याे अभियान शुरु गरिएकाे व्यवस्थापक गुराैले बताउनु भयाे ।
काेभिड १९ का कारण विस्तारै पुरानाे लयमा फर्किनलागेकाे पर्यटन व्यवसाय अब असर नपराेस भनेर पूर्व सावधानी अपनाउदै गतिविधि सञ्चालन गर्न लागिएको अमलटारी हाेम स्टेका अध्यक्ष एवं कावासाेती नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया थारुले बताउनुभयाे ।अमलटारी हाेम स्टेमा विस्तारै आन्तरिक पर्यटककाे आगमन बढदै गएकाे छ ।
विशेषगरी यहाँ थारु सस्कृतीकाे अवलाेकन ,थारु परिकारका सवाद लिन र मध्यवर्ती क्षेत्रमा गैंडा लगाएतका वन्यजन्तु अवलाेकनकालगि पर्यटकहरु आउने गर्दछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |