२०८० आश्विन ५, शुक्रबार
नवलपुर । देवचुली नगरपालिका वडा नम्बर ३ का नारायण बस्याल ९ दिन देखि सम्पर्क विहिन भएका छन् । बुटवलमा व्यवशाय गर्दे आएका देवचुलीका बस्याल घर आएको समयमा बेपत्ता भएको परिवारका सदस्यहरुले जानकारी गराएका छन् । चैत चार गते बुटवल स्थीत लक्ष्मीनगरबाट बेपत्ता भएका बस्याल ६ गते साँझ ८ बजे दुम्कौलीमा देखिएको भए पनि हाल सम्म सम्पर्कमा नआएको भन्दै उनका परिवाले खोजी गरिदिन प्रहरी निवेदन दिए पनि नौँ दिन पुगिसक्दा पनि सम्पर्कमा नआएको बताए ।
उनका भाइ मदन बस्यालका अनुसार बुटवलमा व्यवशाय गरेका दाजु कालिका स्कुलबाट विहान १० बजेर ४८ मिनेटमा निस्कीएको र १० बजेर ५२ मिनेटमा जयकुटीमा देखिएको बताउनुभयो । अन्तिममा बुटवल स्थीत दिव्यनगरमा मोटरसाइकल फेला परेको बताउनुभयो । चैत ५ गते बेलुका आठ तिस बजे चौधरी उद्योग दोस्रो गेटमा लोकेसन देखिएको र सो दिन देखि सम्पर्कमा नआएको बताउनुभयो । अहिले परिवारले उनको खाृेजीका लागि हरेक क्षेत्रमा निग्रानी गरि रहेका छन् । तिस वर्षका नारायण बस्याललाई देख्नेले नजिकको प्रहरी चौकी वा परिवारका सदस्य धर्मागत बस्यालको सम्पर्क नम्बर ९८६७१८३६७९ मा सम्पर्क गरिदिन पनि परिवाले अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |