२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपुरको कावासोतीमा आठ दिने सरफ र फिनेल बनाउने तालिम बिहिबारबाट शुरु भएको छ । अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरको आयोजना , सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश , जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको सहयोग तथा युवा तथा खेलकुद मन्त्रालय र जिल्ला युवा समितिको समन्वय तालिम शुरु गरिएको हो ।
तालिमको सांसद तिलक महतले उद्धघाटन गर्नुभएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै सांसद महतले तालिमबाट सिकेका शिपलाई प्रयोग गर्न अनुरोध गर्नुभयो । अपाङ्गता भएकाहरु उत्पादन गरेका सामाग्रिको बजारीकरणमा समस्या नरहेको समेत सांसद महतले बताउनुभयो । यसकालागि स्थानीय उत्पादनलाई प्राथमिकता दिने कुरालाई सुनिश्चित बनाउनुपर्ने सांसद महतले बताउनुभयो । यहाँका स्थानीयत तह , सरकारी कार्यालयहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र उद्योग वाणीज्य संघहरुले समेत सहजीकरण गरिदिने हो भने बजारीकरणको समस्या हट्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले भवनको अधुरो काममा आवश्यकता अनुसार नगरपालिकाबाट सहयोग पुर्याउने बताउनुभयो । उहाँले तालिमबाट उत्पादन हुने सामाग्रिको गुणस्तरीयता वृद्धि गर्दै लैजानुपर्नेमा समेत जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईले तालिम पछी जिल्लामा सरफ ,फिनेल उत्पादन गर्ने उद्योगको समेत अवधारणा बनाउनुपर्ने बताउनुभयो । यसले उत्पादन बढाउने र गुणस्तर समेत बढदै जादा व्यवसायीक रुपमा उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष जिवन सापकोटाले जिल्लामा अपाङ्ग मैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संरचना समेत अपाङ्ग मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले ल्याएको पुर्नस्थापना कार्यक्रम सकारात्मक रहेको भन्दै धन्यवाद दिनुभयो ।
जिल्ला युवा समितिका नवलपुरका अध्यक्ष हिमाल सिंह ठकुरीले उप्तपादित सामाग्रिको बजारीकरणमा सहयोग पुर्याउने प्रतिवद्धता गर्नुभएको थियो । आठ दिन सम्म चल्ने तालिममा बीस जनाको सहभागिता रहने छ । कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ती सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । तालिमको उद्धघाटन कार्यक्रम अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष सागर लुईटेलको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष निलकण्ठ तिमल्सीनाको स्वागतमा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |