२०८० आश्विन १२, शुक्रबार
नवलपुर । कोभिड १९ को जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सामूहिक जमघट गरि होली पर्व नमनाउन अनुरोध गरेको छ । कोभिड १९ को सम्भावित सक्रमणको जोखिमलाई मध्यनजर गरि सामूहिक रुपमा होली पर्व नमनाउन प्रशासनले अनुरोध गरेको हो ।
छिमिकी राष्ट्रमा कोभिडको संक्रमण बढ्दै गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको अवस्थामा यसलाई मध्यनजरी गरि घरमानै बसी परिवारको साथमा होली मनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले अनुरोध गरेको हो ।
साथै नवलपुरमा समेत कोभिड फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुनै पनि प्रकारका सभा ,जुलुस,गोष्ठी,सेमिनार ,बैठक लगाएतका भिडभाड हुने कार्यक्रम समेत नगर्न प्रशासनले अनुरोध गरेको छ । कोभिडको संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्दै, मास्क लगाउन, भौतिक दुरी कायम गर्न, साबुनपानीले बेलाबेलामा हात धुने जस्ता कार्य गर्न समेत प्रशासनको अनुरोध रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |