२०८० आश्विन १४, आईतबार
झ्यालबास । कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोका माथि जारेभञ्ज्याङ्ग कक्ष लेखेको देखिन्छ । छेउको अर्को कोठा माथी शान्ति बाटीका कक्ष लेखिएको छ ।
शुरुमा यहाँ आँखा पुग्नेहरुलाई के लेखेको हो भन्ने मनामा लाग्न सक्दछ । नाम सुनेकाले यो यँहीको ठाउँ भन्ने बुझ्लान ,नामनै नसुनेकाहरुलाई के रहेछ ,कहाँ रहेछ भन्ने मनमा खुलदुली लाग्न सक्छ ।
यती मात्रै होईन भवनको दोश्रो तलमा चढनेबेलामा भर्याङ्ग छेउको भित्तामा श्रीपोखर कक्ष, धौवादी कक्ष, रुद्रपुरगढी कक्ष, लालीगुराँस कक्ष, मौलाथर कक्ष र राम्चे कक्ष लेखिएको देखिन्छ ।
यसले हुप्सेकोट गाउँपालिका भित्रको ठाउँको नाम रहेछ भन्ने अनुमान धेरैले लगाउछन् । संगै यहाँ ऐतिहासिक गढी र लालीगुराँस फुल्ने ठाउँ रहेछ भन्ने समेत अनुमान लगाउछन् । हुप्सेकोट गाउँपालिकाले गाउँपालिका भित्रका प्रत्यक कोठाहरुलाई स्थानीय पहिचान दिएको छ ।
पछिल्लो समय पुराना बस्ती र ठाउँहरुका नाम मेटीदै जान थालेका छन् । केही व्यक्ति समूहले आफुखुसी बिभिन्न नामहरु राख्ने गरेका छन् । यती मात्रै होईन आफ्नै परिवारसंग जोडेर समेत नयाँ नयाँ नामाकरण गरिरहेका हुन्छन् । यसले पुरानो अस्तित्व समाप्त पार्दै गएको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् । पुराना मौलिक नामहरु हराउदै जानेहोकी भन्ने चिन्ता बढेको छ । यसैले नवलपुरको हुप्सेकोट गाउँपालिकाले भने यहाँका मौलीक नामहरुको पहिचान दिने गरि कक्षहरुको नामाकरण गरेको छ ।
गाउँपालिका भित्र पनि पुराना ऐतिहासीक वस्तीको पहिचना नमेटियोस र यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन होस भनेर गाउँपालिका भित्रका हरेक कक्षको स्थानीय पहिचान दिईएको गाउँपालिका अध्यक्ष लक्ष्मि पाण्डेले बताउनुभयो । ‘हामी कहाँ धेरै पुराना बस्तीहरु छन् , पर्यटकीय ठाउँहरु छन्, यहाँ आउनेले थाहा पाउन, र ती ठाउँहरुको पहिचान नमेटियोस भनेर कक्षहरुको नामाकरण गरेका हौं’ गाउँपालिका अध्यक्ष पाण्डेले भन्नुभयो– यहाँका स्थानीयलाई गाउँपालिका आउदा आफ्नो ठाउँको नाम देख्दा अपनत्व होस र बाहिरबाट आउनेहरुले जानकारी पाउन भन्ने पनी होे ।
गाउँपालिकाको दोश्रो तलामा चढ्ने वित्तिकै उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल रहने धौवादी कक्ष देखीन्छ । लगतै राम्चे कक्ष, अध्यक्ष रहने श्रीपोखरी कक्ष सहित क्रमश मौलाथर कक्ष, रुद्रपुरगढी कक्ष र लालीगुँरास कक्ष रहेका छन् ।
हरेक कोठाको अलग अलग पहिचना दिँदा पुराना बस्तीहरुको पहिचान सहित यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धनमा समेत सहयोग पुगेको छ ।
(अनुमती बिना यो समाचार कहि कतै साभार गरेको पाईएमा कानून अनुसार कारवाही प्रकृयामा जान बाध्य हुनेछौं)
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |