२०८० आश्विन ५, शुक्रबार
ज्ञानु पंगेनी । कावासोती । पूर्वी नवलपरासीको गैंडाकोट –१२ हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फाइनप्रिन्ट फिभर, घुम्ती साहित्य महोत्सव आयोजना गरिएको छ ।
आज सकिने उक्त साहित्य महोत्सवमा पहिलो दिन शुक्रबार महानायक राजेश हमालले मेरो मनको साथी किताबका बारेमा आफ्ना कुरा राख्नुभएको थियो । उहाँले किताब भनेको साथी मात्र नभई सहयात्री भएको बताउनुभयो । आफ्नो जिवनका विभिन्न कालखण्डमा पुस्तक आफ्नो सहयात्री बनेको उहाँले बताउनुभयो । कुनै पनि साहित्य सुजनामा जनमानसको भावना , जिवनशैली र समाजका यथार्थलाई उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुस्तक मार्फत् कोहि कसैले जिवनकालमा चाहेर पनि पुरा गर्न नसकेको विविध कुरालाई आत्मसाथ गर्नसक्ने बताउनुभयो ।
यस्तै विनोद चौधरीसंग उमेश चौहानले अर्थनीति र राजनीतिका बारेमा अन्तरसम्वाद गर्नुभएको थियो । सो क्रममा उद्योगपती तथा सासंद चौधरीले कुनै एक क्षेत्रमा आफु वा एक व्यक्ती मात्रै सफल र परिवर्तन भएर नहुने समग्र देशको परिवर्तन आवश्यक हुने बताउनुभयो । उहाँले समग्र देशको परिवर्तन र सफल पार्नका लागि नै आफु जस्ता मान्छे पनि राजनीतिमा आउनुपरेको बताउनुभयो । कुराभन्दा पनि कामले परिवर्तन ल्याउन सक्ने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा सेतो धर्तीको एक दशक अमर न्यौपाने , कविताको क असीम सागरले आफ्नो कुराहरु राख्नुभएको थियो ।
यसैगरी दोश्रो दिन शनिबार ‘देशजगत्’शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काङ्ग्रेस नेता गगन थापाले संवाद गर्नुहुने छ । यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले बाच्ने अभिलाषा’बारे संवाद गर्नुहुनेछ । राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नुहुने छ । उक्त अवसरमा मिश्रको पुस्तक राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ ।
पुजींवाद र स्वतन्त्र समाज’ नामक सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नुहुने छ ।
दुई दिने यो कार्यक्रममा देशभरीका सैयौ श्रष्टाहरुको उपस्थित छ । कलाकार हरिवंश आचार्य , मदनकृष्ण श्रेष्ठ , निर शाहा लगायतका कलाकार, पत्रकार, लेखक, साहित्यकार, र बिभिन्न बिद्याका श्रष्टाहरुको यहाँ जमघट छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |