२०८० मंसिर २०, बुधबार
रजहर ।पूर्वी नवलपरासीको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ र २९ गते नेपालका मुर्धन्य साहित्कार र लेखको जमघट हुने छ ।
फाइनप्रिन्ट फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नु नै हुनेछ, संगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नुहुनेछ
।
कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ । र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन् । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी ग्रपको सामाजिक उत्तरदायित्व क्षेत्रमा कामगर्ने चौधरी फाउन्डेसनसगको सहकार्यमा हुन लागेको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्नेछैन । सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र पत्रकार रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा देशजगत्’शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काब्ग्रेस नेता गगन थापाले संवाद गर्नेछन् । यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले बाच्ने अभिलाषा’बारे संवाद गर्नेछन् ।
राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नेछन् । उक्त अवसरमा मिश्रको पुस्तक राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । पुजंीवाद र स्वतन्त्र समाज’ नामक सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नेछिन् ।
दुइ दिन सम्म संचालन हुने साहित्य महोत्सवमा सहभासगता जनाउन चौधरी फाउण्डेशनले सवैलाई आमन्त्रण गरेको छ । साहित्यकार , लेखक ,कलाकार , चित्रकार र को एउटै थलोमा जमघट हुन लागेको यो सम्भवत नेपालमै पहिलो हो । यस पटकको यो जमघटलाई महोत्सवको रुपमा मनाइने भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |