२०८० आश्विन १४, आईतबार
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् ।
आफूलाई भेट्न बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेको प्रष्ट पारे ।
भेटका सहभागी एक नेताले देउवाको भनाइ उदृत गर्दै भने, ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरुको (कम्युनिष्ट) हरूको विश्वास छैन । अहिले जसरी पनि सभापति हुने हो,महाधिवेशनबाट एकपटक पार्टी फेरि हाँक्ने हो ।
देउवाले अहिले अविश्वास प्रस्तावतिर जाने कुरा पनि गरेनन् । भेटका सहभागीका अनुसार अहिले प्रधानमन्त्री भएपनि एक महिनापछि फेरि अविश्वास प्रस्ताव, विश्वासको मत नदिने जस्ता समस्या आउने भन्दै त्यता रुची नभएको बताएका थिए ।
देउवालाई मंगलबारमात्र माओवादी अध्यक्ष प्रचण्डले भेटेर केपी ओली हटाउने अभियानमा साथ दिन आग्रह गरेका थिए । बुधवारको भेटमा पूर्वसांसद सीता गुरुङलगायतका जनजाती नेताहरू सहभागी थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |