२०८० आश्विन १४, आईतबार
दुम्किबास । नवलपुरको विनयी त्रिवेणी –५, देउरालीमा अन्तर जिल्ला स्तरीय प्रथम नमस्ते देउराली कप भलिवल प्रतियोगिता हुने भएको छ । देउराली स्थित भैंसीखोला खेल मैदानमा यही फागुन २५ गतेदेखी भलिवल खेल प्रतियोगिता हुने आयोजक देउराली युवा समूहका अध्यक्ष कमल जिसीले बताउनुभयो । फागुन २५ गते देखी २९ गते सम्म चल्ने प्रतियोगितामा बिभिन्न ११ जिल्लाका क्लबको सहभागिता रहने अध्यक्ष जिसीले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ , द्धितिय हुने टिमले ६० हजार र तृतीय टिमले ३० हजार प्राप्त गर्ने अध्यक्ष जिसीले बताउनुभयो । यस्तै प्रतियोगितामा विभिन्न ८ विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरीने उहाँले बताउनुभयो । खेल संचालनकालागि १० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । खेलको खर्च सबै सहयोगीदाताबाट संकलन गर्ने लक्ष्य रहेको खेलका संयोजक आरमीत बारघरेले बताउनुभयो ।
खेल फागुन २५ गते विहान ९ बजेबाट हुने छ । सोही दिन उद्धघाटन कार्यक्रम समेत हुनेछ । खेलको माध्यमबाट जिल्लालाई चिनाउन तथा सबैमा एकताको भावनाको विकास गर्नकालागि प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष जिसीले बताउनुभयो ।
२५ गतेनै भैसीखोला खेल मैदानको समेत उद्धघाट गर्ने कार्यक्रम रहेको छ । हाल सम्म करिब २५ लाख खर्च गरेर बनाईएको यस खेलमैदानको संरक्षणका लागि समेत खेल गर्न लागिएको खेल संयोजक बारघरेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |