२०८० मंसिर २०, बुधबार
देवचुली । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिका वडा नम्बर २ का ७० जना जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ती र एकल महिलाहरुलाई सम्मान गरिएको हो । वडा नम्बर २ का भित्रका जेष्ठ नागरिक, एक महिला तथा अपाङ्गता भएका व्यक्ती गरि ७० जनालाई न्यानो कपडा दिएर सम्मान गरिएको वडा नम्बर दुई का वडा अध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा वडा सदस्य ,टोल सुधार समितिका अध्यक्ष , समाज सेवी लगायतको सहभागिता रहेको थियो । दिव्य युवा समुहको भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको महिला वडा सदस्य दुर्गा अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |