२०८० आश्विन १४, आईतबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका संकास्पद रहेको भन्दै संविधान कानुन बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन सक्ने आँकलन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार राति नेकपा संसदीय दलका पदाधिकारीहरु सहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड-माधव पक्षलाई दलको मान्यता दिने गरि अघि बढि प्रतिवाद गर्ने कुरा उठेको एक नेताले बताए ।
उनले भने, ‘सभामुखको पारा अहिले पनि प्रचण्डको गुरिल्ला भन्दा माथि उठ्न सकेको छैन । आजै त बैठकमा नेताहरुले बोल्ने कुरा हुन्न,बहालवाला सांसदको निधन भएकाले श्रद्धान्जली दिएर सकिन्छ होला । तर प्रचण्डलाई दलको नेताको रुपमा बोल्न दिने सापकोटाको तयारी छ त्यसो भयो भने मुठभेड हुनसक्छ ।’
नेकपा कानुनी रुपमा विभाजन नभएको र संसदीय दलको नेता वैधानिक रुपमा केपी ओली नै रहेकाले प्रचण्ड-माधव पक्षले दुईपटक राजनीतिक निर्णयबाट प्रचण्ड नेता भने पनि त्यसलाई सचिवालयले कानुनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ति गरे,आफ्नो पक्ष पनि जबर्जस्तिमै उत्रिने चेतावनी दिएको छ ।
सचिवालयले नेकपाको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिइसकेको छ । तर सभामुखले भट्टराईलाई भेट्न मानेका छैनन् । आज संसद बैठक अघि कार्यव्यवस्था परामर्श समिति बैठक बस्नुपर्छ । अहिलेसम्म भट्टराई र सचेतक शान्ता चौधरी सहित ओली पक्षका सांसदहरुलाई खबर नआएको बताइन्छ ।
नेकपा विवादको असर कार्यव्यवस्था परामर्श समितिबाटै शुरु हुने देखिएको छ । कार्यव्यवस्थाको बैठक बस्ने कि नबस्ने भन्नेमै सभामुख परामर्शमा रहेको निकट स्रोतले जनाएको छ । परामर्शको बैठक नबसी सिधै संसद शुरु गर्ने कि भन्ने कोणबाट पनि छलफल चलिरहेको छ ।
नेपाल प्रेस
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |