२०८० आश्विन १२, शुक्रबार
दयाराम आचार्य ।
डण्डा । कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगता फागुन २५ र २६ गते हुने भएको छ । १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नगर स्तरीय खेल कावासोती –१४ ,स्थित जनता मा विमा हुने प्रचार प्रसार संयोजक गिरीराज गिरीले बताउनुभयो । प्रतियोगितामा बिभिन्न चार विद्यामा १७ वटा खेल हुने उहाँले बताउनुभयो ।
एथलेटिक्स , भलिवल, कपड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरु हुनेछन् । एथलेटिक्समा दौड,रिले दौड, र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रोका खेल समावेश गरिएको प्रचार प्रसार संयोजक गिरीले बताउनुभयो ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्यनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुने प्रचार प्रसार संयोजक एवं विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले बताउनुभयो ।
फागुन २५ गते पहिलो दिन छात्र भलिबल, छात्रा कबड्डी विहान ८ बजेबाट शुरु हुनेछ । यस्तै दिउस १:३० बजेबाट ट्रयाक तर्फ छात्र छात्रा दुवै समूहका १००,२००,४००,८०० मिटरको दौड ,लङ्जम्प र ज्याभलिङ थ्रो र मार्शल आर्टका खेलहरु हुनेछन् ।
दोश्रो दिन फागुन २६ गते विहान ७ बजेदेखी छात्रा भलिवल ,छात्र कपड्डी र दिउसो १ : ३० बजेबाट रिले दौड, हाइजम्प र सटपुटका खेल हुने प्रचार प्रसार संयोजक गिरीले बताउनुभयो । यसै दिन १३ औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको समापन हुने छ ।
प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक,संस्थागत र प्लस टु संचालित विद्यालय गरि जम्मा ३० वटा विद्यालयको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा करिब ७ सय विद्यार्थीको सहभागिता हुने जनाईएको छ । यस्तै सबै स्थानीय तहबाट छनौट भएका विद्यार्थीहरु विचको जिल्ला स्तरीय प्रतिस्पर्धा भने फागुन २८ र २९ गते हुने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |