२०८० आश्विन ५, शुक्रबार
तिर्थराज डुम्रे
चोरमारा । मध्यविन्दु नगरपालिकाले नगर क्षेत्रमा जडान गरेको सौर्यबत्ती (सोलार) बल्न छाडेका छन् । बत्ती जडान भएको केही समय पछि नै बल्न छाडेको सौर्यबत्ती मर्मतमा नगरपालिकाले कुनै चासो देखाएको छैन् ।
मध्यविन्दु नगरपालिकाको चोरमारा, अरुणखोला बजार सहित मुख्य बस्ती क्षेत्रमा नगरपालिकाले विभिन्न समयमा सोलार बत्ती जडान गरेको थियो । तर, त्यसको नियमित मर्मत सम्भारको अभावमा लामो समय देखि ति बत्तीहरु बल्न छाडेका छन् ।
जडान भएको केही समय लगत्तै ब्याट्री बिग्रदै गएपछि बत्तीहरु रातको समयमा केही घण्टामा नै बन्द हुने गरेका थिए । अहिले क्रमश ति सबै बत्तीहरु बल्न छाडेका छन् । मध्यविन्दु–७ मा मात्रै २३ वटा बत्ती जडान गरिएकोमा अहिले ४/५ वटा मात्रै बत्ती बल्ने अवस्थामा रहेको वडा अध्यक्ष अमृत ज्ञवालीले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा उर्जा कार्यक्रम अन्तरगत पहिलो चरणमा ४३ वटा सौर्यबत्ती जडान गरिएको थियो । त्यसपछि बिभिन्न चरणमा नगरपालिका र वडा मार्फत सौर्यबत्ती जडान गरिएको छ । तर, नगरपालिकाका सुचना अधिकारी सुमनराज रेग्मीले नगरपालिका कार्यालय परिषरमा आर्थिक वर्ष २०७५/०७६ मा जडान गरिएको चार वटा र ०७६/०७७ मा वडा नम्बर ८ मा जडान गरिएको चार वटा सौर्यबत्तीको मात्रै तथ्यांक जानकारी दिनुभयो । नगरपालिका भित्र नगरपालिका मार्फत जडान भएको सौर्यबत्ती बारे अन्य कुनै तथ्यांक नगरपालिकामा नरहेको उहाँले बताउनुभयो ।
नगरपालिकाले आफ्नो खर्च मार्फत जडान गरेको सार्वजनिक सम्पतिको तथ्यांक नगरपालिकाले राख्दैन भन्ने प्रश्नमा रेग्मीले त्यस्तो कुनै तथ्यांक नगरपालिकामा नहुने बताउनुभयो । “हामीसंग नगरपालिकाको कार्यालय र ८ नम्बर वडामा जडान भएको बाहेकको तथ्यांक छैन् । थप जानकारी चाहिए सुचनाको हक प्रयोग गर्नुस्” रेग्मीले भन्नुभयो ।
नगरपालिकाका अन्य कर्मचारीसंग यस विषयमा जानकारी लिन खोज्दा सोलार जडानको समयमा आफु नभएको कारण यस विषयमा जानकारी नभएको जवाफ दिने गरेका छन् । जबकी नगरपालिका मार्फत विगत देखि भएको कामको अपनत्व नगरपालिकाले लिनुपर्छ ।
नगरपालिकाले बिभिन्न स्थानमा जडान गरेका सोलार बत्तीको लागि प्रति सोलार ९५ हजार रुपैया सम्म खर्च गरेको छ । अव त्यसमा थोरै रकम खर्च गरेको खण्डमा त्यसको मर्मत हुन सक्छ । तर, नगरपालिकाले त्यसको लागि कुनै योजना र बजेट विनियोजन गरेको छैन् ।
बल्कैपिक व्यवस्था भएपछि त्यसको प्रयोग र सुरक्षामा स्थानीय लाभगाह्रीहरुले चासो नदेखाएको मध्यविन्दु नगरपालिका नगरप्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो । सोलार मर्मतको लागि कुनै उपभोक्ताहरुबाट माग नआएको उहाँको भनाई छ । सोलार बिग्रीएको जानकारी भएपनि त्यसको माग नआएकाले काम नभएको भन्दै उहाँले उपभोक्ताहरुले माग गरे त्यसको मर्मत गरिने बताउनुभयो ।
मध्यविन्दु नगरपालिका–७ को चोरमारामा नगरपालिकाले जडान गरेको सौर्य बत्ती मर्मत नहुँदा बल्न छाडेको भएपनि यस क्षेत्रमा स्थानीय सामुदायिक वनले जडान गरेको सडक बत्तीहरुभने बल्ने गरेका छन् । जंगल क्षेत्रमा रातमा समयमा अध्यारो हुदा स्थानीयले सास्ती खेपेको भन्दै स्थानीय विजय सामुदायिक वन र अम्रसा सामुदायिक वनले बिजुली बत्ती जडान गरेका छन् । ति बत्तीहरु भने बल्छन् । जसको कारण स्थानीयले केही राहत महशुस गरेका छन् । तर, लाखौं रकम खर्च गरेर नगरपालिकाले जडान गरेको सौर्यबत्ती मर्मतमा नगरपालिकाको कुनै चासो नदिनु दुःखद भएको स्थानीय कृष्ण गैरेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |