२०८० आश्विन १२, शुक्रबार
ज्ञानु पंगेनी । कावासोती । कावासोती नगरपालिकामा भर्खर मात्रै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको कार्य सकिएको छ । देशभरमा गण्डकी प्रदेशमा भूमिहीनका लागि काम सुरु गर्ने मध्ये पहिलो स्थानीय तह कावासोती नगरपालिका हो । यहाँका अन्य स्थानीय तहमा अहिले लगत संकलन कार्य चलिरहेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क संकलन इकाई कावासोतीका लगत प्रविष्टिकर्ता मिन लामाका अनुसार कावासोतीमा ७ हजार ४ सय ११ जनाले फारम भरेका छन् । जसमध्ये भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको फारम भर्ने परिवार संख्या १ हजार ९ सय ९५ छ भने , अव्यवस्थित बसोबासको फारम भर्नेको संख्या ५ हजार ४ सय १६ रहेको छ । कावासोती नगरपालीकामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीको फारम भर्ने परिवार संख्या वडा नम्वर १ मा ३ सय ६५ , वडा नम्वर २ मा ३४ , वडा नम्वर ३ मा २९ , वडा नं ४ मा १ सय ३६ ,वडा नं ५ मा १४ , वडा नं ६ मा १२३ , वडा नं ७ मा ९ , वडा नं ८ मा ४० , वडा नं ९ मा १२ , वडा नं १० मा ६० रहेको छ । यस्तै वडा नं ११ मा ६५ , वडा नं १२ मा ८० , वडा नं १३ मा २ सय ६३ , वडा नं १४ मा १ सय १३, वडा नं १५ मा २०० , वडा नं १६ मा २ सय १० र वडा नं १७ मा २ सय ४२ रहेको छ ।
त्यस्तै कावासोती नगरपालिकामा अव्यवस्थित बसोबास फारम भर्ने परिवार संख्या वडा नं १ मा १ हजार ४ सय १९, वडा नं २ मा १ सय ५२, वडा नं ३ मा ६३ वडा नं ४ मा ३ सय ८२ , वडा नं ५ मा ५८ , वडा नं ६ मा १ सय ७ , वडा नं ७ मा १ सय ७८ , वडा नं ८ मा १ सय १ , वडा नं ९ मा ४१ , वडा नं १० मा २ सय ५९ रहेको छ भने वडा नं ११ मा ३ सय ५७ , वडा नं १२ मा १ सय ९० , वडा नं १३ मा ४ सय ५९, वडा नं १४ मा २ सय ५४ , वडा नं १५ मा ४ सय ५ , वडा नं १६ मा २ सय ४० , र वडा नं १७ मा ७ सय ५१ रहेका छन् । यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको ६५ वटा फारम रद्ध भएको छ भने , अव्यवस्थित बसोबासको ४९ वटा फारम रद्ध भएको लामाले जानकारी दिनुभयो । अहिले तथ्याङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भईरहेको उहाँले बताउनुभयोे ।
इकाई प्रमुख पवन रुपाखेतीले यो तथ्याङ्कमा थपघट हुन सक्ने बताउनुहुन्छ । संकलकबाट आएको तथ्याङ्कलाइ सहि छ वा छैन भनी नापजाँच गर्ने काम बाँकी रहेकाले वास्तविक तथ्याङ्क त्यसपछि आउने उहाँको भनाई छ ।
भूमि सम्बन्धि समस्या समाधान आयोग नवलपुरका सदस्य रामकृष्ण ढुङ्गानाका अनुसार जिल्लाका आठ वटा स्थानीय तहमध्ये अहिले कावासोतीमा लगत संकलन कार्य सकिएको छ । भने, मध्यविन्दु नगरपालिकामा पनि अन्तिम चरणमा छ । देवचुली र गैंडाकोट नगरपालिका , बिनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा लगत संकलन कार्य चलिरहेको छ ।
भूमि सम्बन्धि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष कृष्ण घिमिरेका अनुसार बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा काम सुरु भएको छैन् । बौदीकाली र बुलिङ्गटारमा ईकाई स्थापना गर्ने विषयमा छलफल भईसकेको र फागुन महिनाभित्रै लगत संकलन गर्ने योजनाका साथ काम अघि बढाएको घिमिरेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |