२०८० मंसिर २४, आईतबार
दयाराम आचार्य ।कावासोती ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको दुम्कौलीमा गएराती दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्वका ) प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उहाँका अनुसार दुर्घटनामा परि ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका –१५, बस्ने ५१ वर्षीय खिम बहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्रकका सह चालकहरु समेत घाइते भएका छन् । ट्रकका सहचालकहरु तनहुँ बन्दीपुर गाउँपालिका–३, बस्न १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका– ६, दाङ बस्ने ३३वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवै जनाको अवस्था गम्भिर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |