२०८० आश्विन १४, आईतबार
काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।
प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।
दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्यो भनेर मैले भनेको छु ।’
भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।
संसदले यथासम्भव छिटो नयाँ प्रधानमन्त्री दिने र सहमतिका साथ नेपालले नयाँ प्रधानमन्त्री पाउने समेत दाहालले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |