२०८० मंसिर १४, बिहिबार
काठमाडौं । बालबालिकाहरूलाई विज्ञान विषयमा रुचि जगाउन मद्दत गर्ने विभिन्न वेबसाइट अनलाइनमा उपलब्ध छन्, जहाँ उनीहरुले विज्ञानसम्बन्धी रमाइलो खेल खेल्दै सिक्न सक्छन् ।
विज्ञान विषयका सामान्य नियमहरू खेलको माध्यमबाट सिकाइ गर्न यस्ता वेबसाइट निकै उपयोगी हुन्छन् । आज हामी यिनै विकल्पमध्ये पाँच वेबसाइटबारे जानकारी दिँदै छौँ ।
एबीसीया
बालबालिकालाई विभिन्न खेलको माध्यमबाट यस वेबसाइटमा विज्ञान, गणित, सामाजिक अध्ययन, कला आदिबारे सिकाइन्छ । यसमा विज्ञानसम्बन्धी केही रोचक खेल छन् ।
जस्तो: सौर्य प्रणाली, पाँच इन्द्रिय, अस्थिपन्जर प्रणाली आदिका बारेमा खेल रहेका छन् । विज्ञानबाहेक कार रेसिङ, बिँगो आदि खेलसमेत यहाँ उपलब्ध छन् ।
पीबीएस किड्स
याे वेबसाइटमा बालबालिकामैत्री विज्ञानका खेल छन् । बालबालिकालाई सिर्जनात्मक तरिकाले विज्ञानका कुरा सिकाउन वेबसाइटमा अन्तरिक्ष, जीव विज्ञान, भूगोलशास्त्र, भौतिक विज्ञान लगायतका खेल छन् ।
त्यस्तै यहाँ बालबालिकाले एबीसी गेम, राइमिङ गेम, फुड गेम लगायतका खेल पनि खेल्न सक्छन् ।
ब्रेन पप
बालबालिकाका लागि यस वेबसाइटमा विभिन्न खेल उपलब्ध छन् । यहाँ कक्षागत हिसाबले ती खेलहरूको विभाजन गरिएको छ । विज्ञानबाहेक गणित, कला, इन्जिनियरिङ, अंग्रेजी, सामाजिक अध्ययन विषयसम्बन्धित खेल पनि उपलब्ध छन् ।
शेपर्ड साइन्स
विज्ञानका विभिन्न शाखाअनुसार यो वेबसाइटमा खेल राखिएका छन् । जस्तो; यस वेबसाइटमा फुड चेन गेम, एनिमल सेल गेम, एनिमल डाइट गेम, प्लान्ट सेल गेम लगायत धेरै प्रकारका खेल खेल्न सकिन्छ ।
मिस्टर नुस्बौम
यस वेबसाइटको ‘साइन्स सेक्सन’ मा विज्ञानका ३० भन्दा बढी खेलहरू छन् । ती खेललाई कक्षा, खेलको स्वरूप आदिका आधारमा चयन (फिल्टर) गर्न सकिन्छ ।
त्यस्तै यस वेबसाइटमा विज्ञानबाहेक अन्य खेल पनि रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |