२०८० मंसिर १६, शनिबार
पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गनुभएको छ । सो क्रममा उहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गर्नुभएको छ । अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उहाँले कर्मचारीलाई र्निदेशन दिनुभएको छ । योजनाको बर्गिकरण गरी संघ प्रदेश र स्थानिय तहको कार्यबिभाजन बिना परिणाम नआउने भएकाले योजना बर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले सो अबसरमा उल्लेख गर्नुभयो ।
टुक्रे र परिणाम बिहिन योजनाले गण्डकी प्रदेशको बिकास संभव नहुने भएकाले दिर्घकालिन रुपमा रणनितिक योजनामा प्रदेशले काम थाल्ने उहाँको भनाई थियो । अहिलेको आधुनिक युगमा सेबाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको चुमानले बताउनु भयो । लामो लाईन बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अबस्था अन्त्यका लागि काम गर्न उहाँले कर्मचारीलाई र्निदेशन दिनुभयो ।
पदभार ग्रहण गर्दे मन्त्री चुमानले गण्डकी प्रदेशमा बिद्युतिय सवारी सञ्चालन संबन्धी मापदण्ड तयार गरि लागु गर्ने र्निणय गर्नुभएको छ । हालसम्म सार्बजनिक रुपमा बिद्युतिय सवारी सञ्चालनका लागि कुनैपनि मापदण्ड नभएकाले १ महिना भित्र मापदण्ड तयार गर्ने र्निणर्य भएको छ ।
त्यसैगरि गुरुयोजनामा आधारीतक योजना प्राथमिकीकरण गर्ने संबन्धी र्निणय भएको छ । पदभारकै क्रममा गण्डकी प्रदेश बुदसिंह मार्गमा पर्ने तनहुँ स्थित बन्दीपुर गाऊपालिका ६ कुचिलाफेद र देबघाट गाऊपालिका ३ तनहुँ जोड्ने सडक अन्र्तगत सेतिनदीमा पुल र्निमाण कार्य आरम्भको लागि प्रकृया अगाडी बढाउने र्निणर्य गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |