२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरमा ४ जना प्रतिनिधि सभा सदस्य र ४ जना प्रदेश सभा सदस्य सहित ८ जनाले बुधबार उम्मेद्वारी फिर्ता गरेका छन् ।
प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी फिर्ता लिनेमा क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेस विपी बाट मोहन आचार्य रहेका छन् भने प्रतिनिधि सभा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका बाल कृष्ण गैरे , स्वतन्त्र उम्मेद्वारी दिएका लाल बहादुर मल्ल र सागर पाठकले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।
यस्तै प्रदेशसभा तर्फ क्षेत्र नं१ ९क० बाट स्वतन्त्र उम्मेद्वारी दिएका सरोज कँडेलले फिर्ता लिएका छन् । भने , क्षेत्र नं १ ९ ख ० बाट स्वतन्त्र उम्मेद्वारी दिएका ठाकुर प्रसाद चापगाईंले फिर्ता लिएका छन् ।
यसैगरी प्रदेशसभा क्षेत्र नं २ क बाट नेपाली काङ्ग्रेसका विष्णु प्रसाद लामिछाने र नेकपा माओवादीका चेतनाथ पोख्रेलले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रदेशसभा क्षेत्र नं २ ख बाट कसैको पनि उम्मेद्वारी फिर्ता भएन ।
जिल्लामा ७६ जनाले उम्मेद्वारी दिएका थिए । ८ जनाले फिर्ता लिएसँगै गठबन्धन , विभिन्न राजनैतिक दल र स्वतन्त्र समेत गरेर ६८ जना चुनावी मैदानमा होमिने भएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |