२०८० मंसिर २५, सोमबार
गजल
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ
नटिप्नु कलिलैमा फुल जवानीमा बसाउँछ सधैँ
छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ
ठाउँ फेरी फेरी झरीमा पानी रसाउँछ सधैँ
जो नाच्न जान्दैन उसैलाई आँगन टेडो भएपछि
सिकाएर बाउलाई छोरो हरामी हसाउछ सँधै
गन्तव्य एक स्वार्थ अनेक बनाएपछि समयले
फेरी फेरी दोषी ले निर्दोषलाई फसाउँछ सधैँ
जाने भन्दा आउनेले बारम्बार धक्का हानेपछि
ऋण बढाएर निर्दयीले करमा कसाउँछ सधैँ
रामचन्द्र खड्का
गजलकार
गोकुलगंगा गाउपालिका ,रामेछाप
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |