२०८० मंसिर १४, बिहिबार
काठमाडौं,फागुन १३– एमसीसी सँगको सम्झौतामाथि छलफल थाल्न संसद् बैठक बस्दै छ । आज दिउँसो १ बजे संसद् बैठक बस्नुअघि नै सहयोग खोज्दै सत्तासीन कांग्रेसले विपक्षी एमालेसँग छलफल गर्ने छ । हिजोबाटै सम्झौतामाथि सैद्धान्तिक छलफल गर्न संसद्को कार्यसूची तय गरिएको थियो । तर थप राजनीतिक छलफल आवश्यक परेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक आजका लागि स्थगित गरिएको हो ।
सत्ता गठबन्धमा रहेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौताको विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) अनिर्णित छ । कित्ता प्रस्ट पार्न जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै छ । सरकार नेतृत्वकर्ता कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौता अनुमोदनको पक्षमा मत दिने निर्णय गरिसकेका छन् । त्यसैले कांग्रेसले अहिले एमालेको सहयोग खोजिरहेको छ । उसले साथ दिएको अवस्थामा एमसीसीमाथि सैद्धान्तिक छलफल चलाउन र अनुमोदन गर्न सजिलो हुने छ । यद्यपि, एमालेका केही सर्त छन् । यसबारे आज छलफल हुने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिकमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए
सरकारले ८ फागुनमा एमसीसी सदनमा टेबल गरेको हो । एमालेले साथ दिए आजको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल हुनेछ । एमसीसी सम्झौता १६ फागुन १६ (फेब्रुअरी २८) भित्र अनुमोदन गर्नुपर्ने सर्त अमेरिकाको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |