२०८० मंसिर २०, बुधबार
चितवनमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको छ ।
चितवनमा विगत दुई आर्थिक वर्षदेखि दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ । गत आव २०७७/७८ मा सवारी दुर्घटनाबाट १२८ जनाको मृत्यु भएको थियो । त्यसअघि आव २०७६/७७ मा १०७ जनाको मृत्यु भएको थियो । चालू आवको मंसिर मसान्तसम्म २२४ वटा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले बताए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गमा १७, नारायणगढ–मुग्लिन सडकमा १०, पृथ्वी राजमार्गमा पाँच, सहरी सडकखण्डमा तीन र अन्य भित्री सडकखण्डमा २५ जनाको मृत्यु भएको हो ।
२२४ वटा दुर्घटनामा ३४३ वटा सवारीसाधन संलग्न भएको उनले बताए । त्यसमा सबैभन्दा बढी १७९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यसैगरी, जिप/कार ४८ वटा, ट्रक/ट्याङ्कर ३९ वटा, बस २८ वटा, ट्रयाक्टर १० वटा, माइक्रो नौवटा, टिप्पर तीनवटा, शारीरिक शक्तिबाट चल्ने १८ वटा र अन्य दुईवटा सवारीसाधन दुर्घटनामा परे ।
नारायणगढ–मुग्लिन सडकखण्डमा झन् धेरै दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । यस खण्डमा पाँच महिनामा मात्रै ४१ वटा दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । गत आवमा ७० वटा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । त्यसअघि आव २०७६/७७ मा ५७ वटा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो ।
पाँच महिनामा एक करोड बढी राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको पाँच महिनामा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई जरिवाना तिराएर राजस्व संकलन गरिएको हो ।
मंसिर मसान्तसम्म १४ हजार २१९ सवारीसाधनलाई जरिवाना तिराएर एक करोड २९ लाख ३८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरिएको थापाले जानकारी दिए । जरिवानामा पर्नेमा पनि सबैभन्दा धेरै मोटरसाइकल नै छन् ।
तीन हजार ९४४ वटा मोटरसाइकललाई कारबाही गरी ३३ लाख नौ हजार ५०० रूपैयाँ राजस्व संकलन गरिएको हो ।
त्यसैगरी, तीन हजार ३०९ वटा जिप÷कारलाई कारबाही गरी ३१ लाख २५ हजार र दुई हजार ६७९ वटा ट्रक/टिप्परलाई कारबाही गरी २८ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |