२०८० मंसिर २५, सोमबार
काठमाडौं । गैरआवासीय नेपालीहरूले अब नेपाली बैंकमा विदेशी मुद्रामा नेपालमै खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
एनआरएनले न्यूनतम पाँच हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सक्ने राष्ट्र बैंकले बताएको छ ।
गैरआवासी नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकराको सम्बन्धित निकायबाट जारी भएको गैरआवासी नेपाली नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ ।
यस्तो खातामा नगद भने जम्मा नहुने राष्ट्र बैंकले बताएको छ । बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सक्ने राष्ट्र बैंकले बताएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |