२०८० आश्विन १२, शुक्रबार
कावासोती । पूर्वी नवलपरासीको कावासोती – १६ डण्डामा रहेको राष्ट्रिय थारु सङ्ग्रालय स्थलमा निर्माणाधीन सास्कृतीक सभाहल अन्तिम चरणमा पुगेको छ ।
७ सय जना अट्ने क्षमताको उक्त सभाहल निर्माणको काम निषेधाज्ञाकै बीचमा पनि भईरहेको छ । गत वर्षबाट निर्माण सुरु गरिएको सभाहलको काम चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सक्नुपर्ने सम्झैता रहेको थियो । कोभिडका कारण नियमित रुपमा काम हुन नसक्दा केही ढिलाई हुन पुगेको राष्ट्रिय थारु सङ्ग्रालयका अध्यक्ष जामुनराम महततोले बताउनुभयो । ‘कोभिडका कारण नियमित काम हुन पाएन , कामदार पनि पाउन गाह्रो हुने त्यसैले तोकिएको समयमा पुरा हुन सकेन तर हप्तादश दिन थपेर सक्छौँ । ’ महतोले भन्नुभयो । सभाहलको फाउण्डेशनको काम सकेर गाह्रो लगाउने काम अहिले भईरहेको महतोले जानकारी दिनुभयो ।
थारु समुदायका विभिन्न चाडपर्व , कार्यक्रम गर्दा सभाहल नहुँदा समस्या हुने गरेकाले सभाहल निर्माणको काम थालनी गरिएको महतोले बताउनुभयो । सभाहल निर्माणपछि त्यसबाट हुने आयश्रोतले सङ्ग्रालयको विकासमा टेवा पु¥याउने उदेश्य समेत लिईएको छ । सभाहल निर्माणका लागि अहिलेसम्म २५ लाख रुपिँया उपलब्ध भएको उहाँले जानकारी दिनुभयो । अझै पनि केही रकम अपुग हुने उहाँको भनाई छ ।
सभाहल निर्माणका लागि ट्रस निर्माण गर्न गत वर्ष सासंद विकास कोष मार्फत् निबर्तमान सासंद तिलक महतले १५ लाख रुपिँया प्रदान गर्नुभएको थियो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मार्फत् १० लाख रुपिँया सभाहलको थप काम सम्पन्न गर्न उपलब्ध भएको सङ्ग्रालयका संरक्षक नेत्र थनेतले जानकारी दिनुभयो ।
थारु समुदायको पुरातात्विक वस्तु, कला संस्कृतीको संरक्षणका लागि स्थापना गरिएको संघ्रालयको विकासका लागि आफुहरु लागि परेको थनेतले बताउनुभयो । संघ्रालय स्थापना भएको लामो समय हुँदा समेत उचित विकास हुन नसकेका कारण ओझेलमा पर्दै आएको छ । संघ्रालयको विकासका लागि स्थानीय , प्रदेश र केन्द्र सरकार सबैसंग समन्वय गर्ने काम भईरहेको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |